३ आश्विन २०८१, बिहीबार

बुटवलमा एमसीसी विरुद्ध मसाल जुलुस सम्पन्न

0

बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालकाे केन्द्रीय याेजना अनुसार रुपन्देहीकाे बुटवलमा एमसीसीका विरुद्ध मसाल जुलुस सम्पन्न भएको छ ।
मसाल जुलुस बसपार्कदेखि तीनकुने चोक पुगि काेणसभामा परिणत भएको थियो । काेणसभालाई सम्बाेधन गर्दै युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्लेषण सीले देशघाती र जनघाती परियाेजना एमसीसी सम्झाैतालाई नेपालकाे कानुन मुनि नआउँदासम्म यसकाे आन्दोलन जारी राख्ने यदि यसलाई अटेर गरे एमसीसी परियाेजना खरानी बनाउने चेतावनी दिए । उनले ५२ अर्वकाे लाेभमा नेपालकाे आन्तरिक करलाई नउठाइ उल्टाे मिनाहा गर्ने याे अहिलेको केपि सरकारले कुचेष्टा गरिरहेकाे र ५२ अर्व सरकारले उठाउन सकेन भने युवा संगठनले सडकमा उत्रेर बकाइदा उठाउने बताए ।

मसाल जुलुसमा नेकपाका केन्द्रीय सदस्यद्वय सरद सी, विश्वास सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा रूपन्देही जिल्ला सेक्रेटेरी बिरेन्द्र सी लगायत जिल्ला स्तरका नेता कार्यकर्ता युवा संगठनका जिल्ला स्तरका नेता कार्यकर्ता विद्यार्थी लगायत १०० औं जनताको उपस्थितिमा एमसीसी विरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेकाे हाे ।

प्रदर्शन नेकपाका जिल्ला सदस्य तथा युवा संगठन नेपाल रुपन्देही जिल्ला अध्यक्ष हरि सीकाे सञ्चालनमा सम्पन्न भएको हाे । युवा संगठनले आज एमसीसी परियाेजना राखिएको जिल्लाहरुमा एकैसाथ मसाल जुलुससहित प्रदर्शन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।