३ आश्विन २०८१, बिहीबार

जनक्रान्ति आठौँ अङ्क प्रकाशित

0

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको मुखपत्र ‘जनक्रान्ति’ प्रकाशित भएको छ । पार्टी महासचिव विप्लव सीद्वारा लिखित ‘क्रान्ति र उत्पादन’ र पुरानो बहुचर्चित पुस्तिका ‘नेपाली विशेषताको समाजवाद’ दुईवटा आलेख रहेका छन् । यी दुवै विषयहरु नेपाली राजनीतिका बहुचर्चित विषयहरु हुन् । त्यसैगरी स्थायी समिति सदस्य उमा सी ‘शिलु’ द्वारा लिखित ‘अर्थराजनीति र पार्टी नीति’ शिर्षकको महत्वपूर्ण आलेख रहेको छ । यो आलेखमा नेता तथा लेखक शिलुले अर्थ–राजनीतिको शास्त्रीय भाष्य र त्यसको नेपाली सन्दर्भमाथि चर्चा गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी अर्थ–राजनीतिक दृष्टिकोण बुझ्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैगरी अनिल सीद्वारा लिखित ‘प्रकृति विज्ञान र श्रम–संस्कृति’ शिर्षकको आलेख रहेको छ । जसमा नेकपाले संस्कृतिको रुपमा अवलम्वन गरेको श्रम संस्कृतिलाई प्रकृति विज्ञानको चश्माबाट हेर्दा कस्तो देखिन्छ ? भन्ने विषय सोधपरक शैलीमा लेखिएको छ । त्यसैगरी स्थायी समिति सदस्य भरत सी ‘रणविर’ को समाजका समस्याहरुलाई दर्शनको समस्याको रुपमा हेरिएको आलेख रहेको छ । दुई वटा साभार प्रकाशित लेख रेमण्ड लोट्टाका छन् भने पार्टीले पार्टी कार्यकर्ताका लागि जारी गरेको ‘पार्टी निर्देशिका’ वाई अनिल सीको ब्याख्यासहित प्रकाशित गरिएको छ । १०४ पृष्ठ रहेको पुस्तक बाक्लो गातासहित स्तरिय कागजमा छ । आजको बजार भाउ अनुसार १५० रुपैया मुल्य सामान्य नै देखिन्छ । पाठक, लेखक, समीक्षक र नेता–कार्यकर्ताको लागि कृति संग्रहनिय र पठनिय हुनेछ । पुस्तक लिनको लागि ९८५१०७३७५८ वा gokul35@gmail.com मा सम्पर्क गर्न सकिन्छ । डिजिटल संस्करणमा हेर्न चाहने पाठकले रु १०० नेरु भुक्तानी गर्नुपर्ने प्रकाशकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।