१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी ईलामको जिल्ला वैठक सम्पन्न

राज्य ईमानदार नभए प्रतिरोध गर्ने चेतावनी

0

ईलाम । नेपाल कम्युनिस्ट पार्टी ईलाम जिल्लाको बिशेष बैठक आज सम्पन्न भएको छ । पार्टी केन्द्रिय समितिको विशेष बैठक पछि सम्पन्न बैठकमा पार्टिका केन्द्रिय सदस्य ईलाम ईन्चार्ज सुमनसिंहले तीन बुंदे सहमती कार्यन्वयन नगरेर आफ्नो पार्टी र नेताहरु बिरुद्ध षड्यन्त्र जारी राखे प्रतिरोध गर्ने बताए ।

उनले अमेरिकन कठपुतली सरकारले अमेरिकाको निर्देशनमा आफ्नो पार्टिका नेताहरु बिरुद्ध पक्राउपुर्जी जारी गरेको बताए ।

पक्राउ पुर्जी खारेज गर्न, बन्दी साथिहरुलाई रिहा गर्न र भएका राजनितिक सहमतिहरु कार्यन्वयन गर्न राज्य तयार नभए आंफुहरु जनतामा फर्कन र भीषण प्रतिरोध संघर्ष संचालन गर्न बाध्य हुने बताए ।

बैठकले यहि भदौ १६ गते ईलामको सुर्योदय नगरपालिका स्थित फिक्कल बजारमा सामना सांस्कृतिक परिवारको भव्य सांस्कृतिक प्रदर्शन सहित हजारौं जनताको बिचमा जिल्ला सम्मेलन गर्ने निर्णय लिंदै तयारी थालेको छ ।

साथै नवौं महाधिवेशनको तयारीको निम्ति सबै पार्टिपंक्तिलाई खट्न निर्देशन गरिएको छ । बैठक पार्टिका जिल्ला सचिब मौसमको अध्यक्षता तथा सञ्चालनमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।