३ आश्विन २०८१, बिहीबार

जनपत्रिका असाेज अङ्क प्रकाशित

0

जनपत्रिका विचार प्रधान मासिककाे असाेज अङ्क प्रकाशित भएको छ । असाेज-कात्तिक चाड-पर्वकाे महिना भएकोले सम्पादकीय ‘चाड पर्वको माैसम’ रहेको छ भने अग्रलेख ‘कृत्रिम लाेकप्रियताभित्र विदेशी खेल’ रहेको छ । जसमा नेपाली मूलका जेनेन्स्कीहरुकाे चर्चा छ । त्यसैगरी अनिल सीकाे ‘संस्कृति र संस्कार’, बारा-राैतहटका २०१२ वरपरका किसान आन्दाेलन, भाग्यनाथ गुप्ता लगायतको संस्मरण छन् । सुमनसिङ सी, झपेन्द्रराज वैद्य, शिला यादव, वैद्यनाथ गुप्ता, माधव लामिछाने र पटनाका लेखक तथा कवि नरेन्द्र कुमारकाे ‘आन्दाेलनरत फ्रेन्च समाज’ लगायत सामाग्रीहरु छन् ।
यसपटक अखबारकाे पृष्ठ ५६ बाट पृष्ठ ६४ भएको छ ।
तर मुल्य बढाइएको छैन । पाठकले जनपत्रिका सधैं जसरी नै मुल्य रु. ५० मा लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।