३० आश्विन २०८१, बुधबार

धुलिखेलमा ३ दिने समाजवादी समर क्याम्प सम्पन्न, समाजवादी आन्दोलनलाई बलियो बनाउने प्रतिबद्धता

0

इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ, इल्सीले तीन दिने समर क्याम्प फर सोसलिस्ट युथ २०२४  सम्पन्न भएको छ । काभ्रेको धुलिखेलमा आयोजित क्याम्पमा नेपालको समसामयिक सामाजिक तथा राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन, भू-राजनीति र विज्ञान तथा प्रविधिको विकाससँगै युवाको भूमिकाबारे १५ वटा सत्रहरू सञ्चालन गरिएको छ । सातै प्रदेशबाट सहभागी भएका ७० जना युवाहरूले यस कार्यक्रममा सहभागिता जनाएका थिए । विभिन्न विधामा अध्ययनरत युवाहरूले थुप्रै विषयहरूको गहिरो छलफल र अन्तरक्रिया गरेका छन् । 

कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राजनीतिज्ञ अनिल सी, अर्थ राजनीतिक विश्लेषक हरि रोका, भौतिकशास्त्री प्रा. डा. दीपक प्रसाद सुवेदी, नेपाल चीन सम्बन्धका जानकार डा. लिला न्याइच्याई, संविधानविद डा. चन्द्रकान्त ज्ञवाली, काभ्रे जिल्ला समन्वय समिति संयोजक दिपक गौतम, मोटिभेश्नल स्पकर नर बहादुर कार्की, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, संचारिका समूहका अध्यक्ष, बिमला तुमखेवा, इन्जिनियर डा. राम लामा, कृषि क्षेत्रका जानकार प्रमेश पोखरेल, सहायक प्राध्यापक विर्जेश मिश्र, शिक्षाविद डा. चन्द्रप्रसाद लुइटेल, लगायतका वक्ताहरू रहेका थिए । 

कार्यक्रममा  इल्सीका अध्यक्ष सुबाेध सेर्पालीले अध्यक्षता गर्दै कार्यक्रमको औचित्य र उपलब्धीको वारेमा सहभागीहरूलाई जानकारी गराएका थिए भने सेक्रेटरी माधव पन्तले इल्सीको गठनप्रक्रिया, यसका उदेश्यहरू र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको विषयमा प्रस्तुति गरेका थिए । 

समर क्याम्पले युवाहरूलाई प्रगतिशील चेतको निर्माण गर्दै वैचारिक संवाद गर्ने र नयाँ दृष्टिकोणहरू निर्माण गर्ने वातावरण निर्माण गर्नेछ । कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, यसको आजको सन्दर्भमा र भविष्यमा खेल्न सक्ने भूमिकाको विषयमा अन्तरक्रिया  गरिएको छ ।

१५ ओटा सत्रमा संगठनका सदस्यहरू सुदिप शर्मा, प्रकाश सी, नरेन्द्र सी, सुवित ढुंगाना, नवराज ऐर, प्रेमा लामा र सावित्री केसीले सहजीकरण गरेका थिए । समाजवादी स्कूलमा सहभागी युवाहरूलाई इल्सीको तर्फबाट प्रमाणपत्र वितरण गरिएको छ । 

कार्यक्रमको उद्देश्य युवाहरूलाई केवल राजनीतिक रूपमा सशक्त बनाउनु मात्र नभई, समाजवादी आन्दोलनको कार्यदिशा, रणनीति, र कार्यनीतिबारे गहन अन्तरक्रिया गर्नु र युवाहरूलाई जानकारी गराउनु थियो । 

युवाहरूलाई विज्ञान र प्रविधिको विकाससँगै समाजमा कसरी युवाहरूले भुमिका खेल्ने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

धुलिखेलको सुन्दर वातावरणमा सम्पन्न भएको समर क्याम्पले सहभागी युवाहरूलाई नयाँ ऊर्जासहित समाजवादी आन्दोलनमा लाग्न उत्प्रेरित गर्ने अपेक्षा रहेको आयोजकको रहेको छ ।

यो स्कूलले समाजवादी आन्दोलनमा युवाहरूको भूमिकालाई अझ स्पष्ट रूपमा परिभाषित गरेको र यसलाई व्यवहारमा उतार्न आवश्यक कदमहरूबारे छलफल भएको छ । सम्वन्धित क्षेत्रका विज्ञ वक्ताहरूको अनुभव र विज्ञताले सहभागी र आयोजक संस्थालाई थप ऊर्जा प्रदान गरेको छ।

क्याम्पको समापनमा सहभागीहरूले यो कार्यक्रम केवल एक सिकाई सत्र मात्र नभई एक प्रेरणादायी अनुभव भएको बताएका छन् । उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समाजवादी आन्दोलनलाई बलियो बनाउन प्रतिबद्धता जनाए। 

यस समर क्याम्पले नेपालको समाजवादी आन्दोलनमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ र यो सिकाइको प्रक्रिया निरन्तर अगाडि बढ्ने विश्वास रहेको इल्सीका सेक्रेटरी माधव पन्तले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।