१५ चैत्र २०८०, बिहीबार

नेकपा आठविस नगर समिति ८ को भेला सम्पन्न

0

दैलेख: नेपाल कम्युनिस्ट पार्टी दैलेखको आठविस नगर समिति वडा नम्बर  ८ को भेला सम्पन्न भएको छ ।

हिजो सम्पन्न भएको भेलामा नेकपा दैलेखका सदस्य तथा आठविस नगर समिति इन्चार्ज प्रकाशले देश र जनताको लागि सँघर्ष गरिरहेकोले पार्टीका नेताहरु विरुद्ध ललितपुर जिल्ला अदालतबाट ३ बुँदे नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीसँगको सहमति विपरित पक्राउ पुर्जी जारी गरिनु गलत भएको धारणा राख्नुभयो ।

राष्ट्रघाति, एमसीसी, एसपीपी, नागरिकता विधेयक सँसदबाट पास गरिनु, भ्रष्टाचार बढ्दै जानुले व्यवस्था असफल हुनु हो । अमेरिकी साम्राज्यवादको नोकरको रुपमा परिणत भएको कुरा वताउनु भयो । चार कम्युनिस्ट पार्टीले घोषणा गरेको भदौ ७ गतेको नेपाल बन्दलाई भव्य रुपमा सफल बनाउन अनुरोध गर्नु भयो ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य उदयराम विश्वकर्मा, नेकपा दैलेखका सदस्य तथा आठविस नगर समिति सेक्रेटरी  कुशल अतिथि रहेको भेलाको अध्यक्षता बिजुलीले गर्नु भएको थियो। भेलाले विजुलीको नेतृत्वमा ७ सदस्यीय वडा समिति चयन गरेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।