७ माघ २०८१, सोमबार

नेकपा गण्डकी इन्चार्ज शिलु र गण्डकी प्रदेश प्रहरी प्रमुखबिच भेटघाट

0

कास्की/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) र नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी डिआईजी दुर्गा सिंह बिच भेटवार्ता भएको छ ।
सोमबार प्रहरी प्रदेश कार्यालयमा पुगेर नेकपा इन्चार्जले नेपाल प्रहरीका प्रदेश इन्चार्ज दुर्गा सिंह एवम् अन्य विभिन्न सुरक्षा निकायसङ्ग भेटघाट गर्दै प्रदेशको सुरक्षा अवस्थाबारेमा जानकारी समेत लिइकी थिइन् ।
भेटघाटको क्रममा नेता शिलुले प्रदेशमा प्रहरीको अवस्थासङ्गै सुरक्षा चुनौतीका विषयमा जिज्ञासा राखेकी थिइन् । राजनीतिक रुपमा केन्द्र रहेको कास्की प्रदेशको राजधानी रहेकोले यहाँको सुरक्षा र पोखरा लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको सुरक्षामा विशेष चासो दिनुपर्ने सुझाव राख्दै आम जनताको सबैभन्दा नजिकको सरकार प्रहरी रहेकोले जनताको साथी बनेर जनतालाई सुरक्षाको प्रत्याभुत दिलाउन प्रहरीले जनमैत्री कार्यक्रमहरु ल्याउनुपर्ने उनको तर्क थियो । नेता शिलुले माओवादी आन्दोलनको थुप्रै राजनीतिक परिवर्तनहरुको एउटा महत्वपूर्ण उपलब्धी महिलाहरु सेना प्रहरीको नेतृत्व तहमा पुग्नु रहेको बताउँदै महिलाले सक्षम नेतृत्व गर्न सक्छन् भन्ने देखाउन जरुरी रहेको बताइन् । यस्तै उनले देशको राजनीतिक परिस्थिति बिग्रदो अवस्थामा रहेको भन्दै यसको निकास नेपाली विशेषताको समाजवाद रहेको र त्यसको नेतृत्व नेकपाले गरिरहेको बताइन् ।
जवाफमा डिआईजी दुर्गा सिंहले प्रदेश प्रहरीले जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै तदारुकताका साथ प्रहरीलाई सुरक्षामा तैनाथ रहन आफू प्रमुख भएर आएकै दिनदेखि गरेको बताइन् । छलफलमा दुई महिलाबिच आ-आफ्ना राजनीतिक र पेशागत उतारचढाव र अनुभूतिजन्य कुराकानी समेत भएको थियो । भेटघाट गर्न आएकोमा धन्यवाद व्यक्त गर्दै प्रहरी प्रमुख सिंहले सुरक्षा लगायतका विषयमा सहकार्य गर्न अनुरोध गरेकी थिइन् । नेता शिलुले महिलाले देशका जिम्मेवार निकायको नेतृत्व गर्नसक्छन् भन्ने उदाहरणीय भूमिका निर्वाह गरेकोमा डिआईजी दुर्गालाई बधाई समेत ज्ञापन समेत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।