७ बैशाख २०८१, शुक्रबार

नेकपाको नवौं महाधिवेशनका लागी सामना सांस्कृतिक अभियान सुरु

0

समर झुसे, ललितपुर । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा नवौं महाधिवेशन लागी सामना अभियान सुरु भएको छ । ललितपुर महानगरपालिका वडा १२ लगनखेलमा हजारौं जनसमुदायमाझ कार्यक्रम उदघाट्न भएको थियोे ।

कार्यक्रममा सामना परिवार ले गित, नृत्य, प्रहसन प्रस्तुति दिएको थियो । कार्यक्रम बोल्दै नेवा मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष रत्न महर्जन ले सरकार ले तीन बुँदे सहमति लागु गर्नु पर्नेमा जोड दिनु भएको थियो । यदी सरकारको रवैया यथास्थिति रहेमा देश र जनताको निम्ति मृत्युको कसम खाएकाहरु झुट्टा मुद्दामा गरिएको पक्राउ पुर्जी पार्टीको लागी मान्य नहुने धारणा राख्नु भएको थियो ।

त्यसैगरी फ्र्याक्सन तथा महालक्ष्मी नगर ईन्चार्ज प्रतिबद्ध ले सत्ता विरुद्ध लड्नु पर्ने बताउनु भयो कार्यक्रम मा जिल्ला ईन्चार्ज कमरेड नवीन, सचिव कमरेड ललित र युवा , विद्यार्थी , महिला लगाएत जिल्ला कमरेडहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आरोह ले गर्नु भएको थियोे । कार्यक्रममा हजारौं जनसमुदायहरुको उपस्थिति रहेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।