१३ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) काठमाडौंको विस्तारित बैठक सम्पन्न

0

काठमाडौं: अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिको विस्तारित बैठक साेमबार सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामाको प्रमुख आतिथ्यतामा र अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विक, संगठनका महासचिव ललित विक, उपत्यका विशेष क्षेत्र इन्चार्ज अटल, अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला इन्चार्ज ललितजङ बम र अन्य अतिथि पार्टी केन्द्रिय सदस्य आजाद, युवा संगठन नेपालको महासचिव विदुषी, जिल्ला सेक्रेटरी राजेन्द्र, लगायतको उपस्थितिमा भव्य रूपले सम्पन्न भएको हो । 
बैठकको अध्यक्षता र संञ्चालन संयोजक हस्तले गरेका थिए ।
उक्त विस्तारित बैठकले ४१ सदस्यीय २७ औँ जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ । त्यसैगरी इकाई सम्मेलन, नगर सम्मेलन र जिल्ला सम्मेलनको मिति तय पनि गरेको छ ।

शिक्षा क्षेत्रभित्र देखिएका समस्या, लागु पदार्थ दुर्व्यसनी विरुद्व संघर्ष गर्ने, चर्को शुल्क विरुद्व संघर्ष गर्ने, छात्रावृति र यातायातमा विद्यार्थी फाई ४५% छुटको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि माइला लामा र विशेष अतिथि संगठनका उपाध्यक्ष नरेन्द्र विकले यो व्यवस्था जनताको नभएको र यो व्यवस्थाका विरुद्व सम्पूर्ण युवा विद्यार्थीले अब निर्णायक संघर्ष गर्ने बेला आएको बताए ।
अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला इन्चार्ज ललिजङ बमले काठमाडौंमा शैक्षिक माफिया विरुद्व अब संघर्ष छेड्ने र आजका दिनमा शिक्षा जनताको पहुँचमा नरहेको संविधानमा आधारभूत र माध्यमिक तहको शिक्षा निशुल्क र अनिवार्य भनेर उल्लेखित गरेको तर कार्यन्वयन नगरेकोले त्यसलाई लागु गर्न अब अखिल (क्रान्तिकारी) सडक संघर्ष गर्ने घोषणा गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।