८ बैशाख २०८१, शनिबार

नेकपा प्रसौनी गाउँपालिकाको भेला सम्पन्न

0

वारा । नेपाल कम्युनिस्ट पार्टी प्रसौनी गाउँपालिकाको भेला बारा जिल्लाको प्रसौनी बजारमा सम्पन्न भएको थियो । प्रसौनि सेक्रेटरी क. कीशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथि नेकपा बारा जिल्ला सेक्रेटरी भिष्मकुमार शाही क. बिक्रमले सम्भोधन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला सदस्यहरु क्रमस क. बलिस्ट, क. चन्द्रिका, क. एके शाहा, क.सामेसश्वर, क. शक्ति, सहिद परिवार क. चुनु पटेलका बुबा ईश्वर पटेल लगायतको उपस्थिति थियो । कार्यक्रमको सनञ्चालन क. दिल महमदले गर्नुभएको छ । स्वागत मन्तब्य क. चन्दाले गर्नु भएको छ ।

झण्डै दुईसय जनताको उपस्थितिमा प्रमुख अतिथिले नेपालको सम्पुर्ण समस्याको कारण दलाल संसदिय व्यबस्था भएकोले यसको खारेज गर्न सबै जनताहरू एकीकृत जनक्रान्तिमा सहभागी बन्न अपिल गर्नुभयो ।

यो दलाल सरकारले तत्काल ३ बुँदे सहमति अक्षरसः कार्यन्वयन गर्नु पर्ने अन्यथा राज्यले वारेन्ट जारि गरेर युद्धको धम्की दिने हो भने देशै भरिका सरकार जनप्रतिनिधिहरुलाई एक महीनामै सदरमुकाम केन्द्रित गरिदिने चेतावनी दिनु भयो ।

आजै उदघाटनलाई बन्दसत्रमा परिणत गरि क. कीशोरको नेतृत्वमा १९ सदस्यीय गाउँपालिका समिति निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।