१५ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) ललितपुरको विस्तारित वैठक सम्पन्न

क. जनक शाहिको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिती गठन गरिएको छ ।

0

ललितपुर । नेपाल कम्युनिस्ट पार्टीको जुझारु सङ्गठन अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला समितिको बिस्तारित बैठक सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला संयोजक क. जनक शाही को अध्यक्षता एबम पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज क. हितमान को प्रमुख आतिथ्यता, सङ्गठनका केन्द्रिय उपाध्यक्ष क. नरेन्द्र बि.क.को बिशिष्ट आतिथ्यता, एबम पार्टीका जिल्ला सचिब क. ललित को विशेष आतिथ्यता रहेको थियो ।

अतिथिहरुमा सङ्गठनका केन्द्रिय सचिवालय सदस्य एबम उपत्यका विशेष क्षेत्र इन्चार्ज क. अटल शर्मा, एबम सङ्गठनका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज क. निगम भण्डारी, पार्टी का महानगर सचिव क. महेश बर्जाचार्य, गोदावरी नगर सचीव महोन सिवाकोटी रहेका थिए ।

जिल्ला कमिति बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै आगामी मङ्सिर २५ गते २६औं जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै क. जनक शाहिको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिती गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।