१३ बैशाख २०८१, बिहीबार

केन्द्रीय कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रम कास्कीमा सम्पन्न

0

 

निरुता विक, कास्की । चार राजनैतिक दलको केन्द्रीय कार्यक्रम २०७९ साल सावन २७ गते संघर्षका कार्यक्रमहरुको घोषणा गरेलगतै २०७९ साल भाद १ गते रहेको देशव्यापी जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम कास्कीमा पनि सम्पन्न भएको छ ।

उक्त कार्यक्रम राष्ट्रघाती एमसीसी सम्झौता नेपाल कम्युनिष्ट पार्टी सँग केपी वली सरकारले गरेको ३ बूँदे सहमतीको उलङ्घन, नेकपाका नेता कार्यकर्ताको नाममा जारी गरिएको पक्राउ पुर्जी ,महङ्गी, भ्रष्टचार विरुद्ध ज्ञापन पत्र वुझाईएको हो। कार्यक्रम सिडिओ कार्यलय अगाडी बिरोध सभा गरिएको थियो ।

कार्यलयमा विभन्न दलका पार्टी कार्यकर्ता नेता लगाएत उपस्थीत हुनुहुन्थ्यो । ज्ञापनपत्र बुझाए पस्चात प्रसाशन कार्यालय उक्त कार्यक्रम प्रति सकारात्मक रहेको राजनैतिक दलका नेताहरुले बताउनु भयो ।

प्रशासन कार्यलय अगाडी गरीएको विरोध कोण सभाको सञ्चालन ने.क.पा. (माओवादी समाजवादी)का प्रदेश सदस्य सुक बहादुर सिञ्जालीले गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका पोखरा महानगर सेक्रेटरी क. सोममाया ले सम्वोधन गर्नुभएको थियो । उहाँले नेपालमा आफुलाई बजारमा उतार्न आएका कर छली गर्ने कम्पनीलाई हैन, कर छली गर्न पाईदैन भन्ने पार्टीमाथि प्रतिबन्ध लगाउने, ३ बुँदे सहमती पूर्ण रूपमा कार्यन्वयन भै नसक्दै पुनः झुट्टा मुद्दा लगाई प्रकाउ पुर्जी टाँस्ने काम गर्न देशलाई युद्ध तिरु ढकेल्नु हो ।

देशमा युद्ध होइन परिवर्तनको खाँचो छ, भन्नुभएको थियो । विषय भन्दा अलग कास्कीमा चलिरहेको सुकुम्वासी को समस्या लाई मध्यनजर गर्दै उहाँले कुन देश मा राज्यकै नागरीक सुकुम्वासी भएर सडकमा आफ्नो जिवन विताउन परेको छ । यदि विश्वका सबै देशमा नागरीकको अधिकार व्यवहारी रूपमा देख्न सकिन्छ भने नेपालमा संविधानका पानामा मात्र किन देख्न सकिन्छ र व्यवहारमा किन देखीदैन् भन्दै प्रश्न उठाउन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।