२२ बैशाख २०८१, शनिबार

गुल्मीमा दुई कम्युनिस्ट पार्टीद्धारा सिडियोलाई मागपत्र पेश

0

गुल्मी । नेपाल कम्युनिस्ट पार्टीलगायत चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले गुल्मीमा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र पेश गरेका छन् ।
नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको सहभागिता रहेको मागपत्र पेश कार्यक्रममा नेकपाले ३ बुँदे सहमति सरकारले लागु गर्नुपर्ने, बन्दी नेताकार्यकर्तालाई रिहा गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।
मागपत्र पेशगर्दै नेकपा जिल्ला सेक्रेटरी सुमनले देउवा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले महासचिव विप्लव, प्रकाण्ड लगायत नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी काटेर ३ बुँदे सहमति अघोषित रुपमा भंग गरेको बताए । उनले सरकारले आफुहरुमाथि दमन गरे प्रतिरोध गर्ने बताउदै नेकपामाथिको घेराबन्दी साम्राज्यवादको योजनामा गरिएको बताए । उनले बन्दीहरुलाई तत्काल रिहा गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने र एमसीसी सम्झौता तत्काल खारेज गर्नुपर्ने बताए ।
मागपत्रपेश कार्यक्रममा जिल्ला जनसरकार प्रमुखबसन्त गैरे, नेकपा जिल्ला सदस्यहरु विनोद पोखरेल, रेसुंगानगर इन्चार्ज बाबुलाल नेपाली, अखिल क्रान्तिकारी जिल्ला संयोजक राज खड्का र पत्रकार एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
मागपत्र पेश कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले मागपत्र उठाइएको बिषय सम्बन्धितनिकायमा पठाउने प्रतिबद्धता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।