१४ बैशाख २०८१, शुक्रबार

तीन बुँदे सहमति लागू गर्न माग गर्दै चार पार्टीले कञ्चनपुर जिप्रकामा बुझाए मागपत्र

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरसहित अन्य तीन पार्टीले बुधबार मागपत्र बुझाएका छन् ।

महासचिव विप्लव लगायत पार्टीका नेता कार्यकर्ता नाममा जारी गरेको पक्राउ पुर्जी, बढ्दै गएको महंगी, एमसीसी सम्झौता विरुद्ध चार नेपाल कम्युनिस्ट पार्टीद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोही अनुसार भाद्र २ गते ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एमसीसी सझौता खारेज, एसपीपी खारेज, विगतका असमान सन्धि खारेज लगायत बढ्दो महंगी भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न समेत चार पार्टीले सरकारलाई माग गरेको छ ।

नेकपा कञ्चनपुर जिल्ला सचिव प्रकाश मल्ल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता विजय विश्वकर्मा लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा कञ्चनपुर जिल्ला सिडियो गोपालप्रसाद अर्याललाई उक्त ज्ञापन पत्र बुझाएका थिए । जिल्ला प्रशासन प्रमुख अर्याल यहाँहरुका जायज मागहरुलाई प्रधानमन्त्री कार्यालयमा बुझाउने प्रतिबद्धतासहित महंगी भ्रष्टाचारको विषयमा बजार अनुगमन गर्ने महंगी नियन्त्रण गर्न कार्यालयले भूमिका खेल्ने बताए ।

चार कम्युनिस्ट पार्टीले चरणबद्ध आन्दोलनसहित भदौ ७ गते नेपाल बन्दको घोषणा समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।