१५ बैशाख २०८१, शनिबार

नेकपा सिन्धुपाल्चोक जिल्ला अन्तर्गत भाेटेकाेशी गाउँपालिकाे भेला सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला अन्तर्गत भाेटेकाेशी गाउँपालिकाे भेला सम्पन्न भएकाे छ ।

भेलाले शुक्रम विकको नेतृत्वमा ९ सदस्यीय पालिका स्तरीय कमिटी पनि चयन गरेकाे छ ।

उक्त भेलालाई सम्बाेधन गर्दै नेकपा जिल्ला सचिव युगीनले अहिले दलाल संसदीय व्यवस्था अन्त्य गरी एकीकृत जनक्रान्तिकाे माध्यमबाट वैज्ञानिक समाजवाद ल्याउनु पर्ने बताए ।

उनलेे भने, `दलाल संसदीय व्यवस्थाका मतियारहरुले आफ्नाे संकट टार्न अहिले हाम्राे पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र अन्य नेताकार्यकतामाथि तीन बुँदे सहमति विपरीत पक्राउ पुर्जी जारी गरेका छन्, त्यो झुठ्ठा मुद्दा तुरुन्त खारेज गर्नुपर्छ ।´

भेलामा जिल्ला विशेष कमिटी सदस्य किरण घिमिरे पनि अहिलेको परिस्थिति तथा समसामयिक विषयमा आफ्नाे भनाई राखेका थिए ।                 
कार्यक्रममा जिल्ला सदस्य कम्प्युटरले स्वागत मतव्य राखेका थिए भने सञ्चालन जिल्ला सदस्य रामचन्द्र घतानीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।