१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको १४ औँ पूर्ण बैठक सम्पन्न

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगा जिल्ला समितिको १४ औँ पूर्ण बैठक सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवलय सदस्य सन्तोष बुढामगर `विषम´को प्रमुख आतिथ्यता तथा जिल्ला इन्चार्ज विवेक कुमालको अतिथि र जिल्ला सचिव दिनेश मगरको अध्यक्षतामा बसेको बैठकले भदौ १७ र १८ गते जिल्ला सम्मेलन गर्ने निर्णयसहित बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बैठकका प्रमुख अतिथि विषयमले आगामी वर्तमन परिस्थिति पार्टीको भावी योजना र केन्द्रीय समितिको बैठक, जिल्ला समिति सदस्यहरुले राखेको जिज्ञासालाई समेटेर प्रशिक्षण दिदै सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति विपरित महासचिव विप्लव लगायत नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, झुठ्ठा मुद्दा तत्काल खारेजीको माग गरे ।

त्यसैगरी बैठकको अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुंगा, उदयपुर इन्चार्ज विवेक कुमालले पनि प्रशिक्षण दिएका थिए ।
राष्ट्रघाती सम्झौता एमसीसी, एसपीपी, महंगी र भ्रष्टाचारको विरुद्ध जनसंघर्ष गर्ने, अगामी असोज १ गते काठमाडौँमा उद्घाटन हुने पार्टीको नवौँ महाधिवेशन भव्य रुपमा सफल पार्नको लागि व्यापक रुपमा जिल्लामा जनपरिचालन गर्ने र जनमास तयार गर्ने, जिल्ला सम्मेलन भदौ १७ र १८ गते गर्ने, जिल्ला सम्मेलनलाई सफल पार्नाको लागि व्यापक जिल्लामा नेताकार्यकर्ता परिचालित भइ लाग्ने र भदौ ७ गते चार दलले आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाई सफल गर्न सम्पूर्ण ओखलढुंगाबासि जनसमुदाय, बुद्धिजीवि, कर्मचारी, देशभक्त, उत्पीडित वर्ग, पत्रकार राजनीतिक पार्टी र सरोकार निकायलाई अपिल गर्ने लगायतका निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।