१३ बैशाख २०८१, बिहीबार

नेकपा लमजुङको दोर्दी गाउँपालिकाको दोस्रो भेला सम्पन्न

0

लमजुङ: नेपाल कम्युनिस्ट पार्टी दोर्दी गाउँपालिकाको दोस्रो भेला सम्पन्न भएको छ । भेला सोम तामाङको अध्यक्षता र पार्टी जिल्ला सेक्रेटरी जङ्ग बहादुर भण्डारी `आक्रोश´ को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
साथै जिल्लाका वरिस्ठ सदस्य रबिन्द्र नखोला, जिल्ला कमिटी सदस्य श्रीकृष्ण मगर, राइनास नगर कमिटी सेक्रेटरी हर्क बहादुर नेपाली, अपाङ्ग संघ दोर्दी ६ का प्रमुख भक्त बहादुर गुरुङगको आतिथ्यता रहेको थियो ।

भेलाका प्रमुख अतिथि आक्रोशले राज्यले तीन बुँदे सहमति कार्यान्वयन नगरेर ठूलो भूल गरेको बताउदै पार्टीको जिल्ला सम्मेलन र केन्द्रीय महाधिवेशन सफल बनाउन लागि पर्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्यद्वारा स्वागत सुकबहादुर गुरुङ चरीले गरेका थिए भने कार्यक्रमको संचालन कोखलाल गुरुङले गरेका थिए । उक्त भेलाद्वारा कोखलालको नेतृत्वमा ११ सदस्यीय गाउँ पार्टी कमिटी चयन गरेको छ ।
साथै भेलालाई राइनास नगरपालिका सेक्रेटरी हर्कले शुभकामना मन्तव्य दिएका थिए भने प्यानल प्रस्ताव जिल्ला कमिटी सदस्य रबिन्द्रले गरेका थिए । उक्त प्यानल उपर छलफल गरेर परिमार्जन सहित तालीद्वारा पारित गरिएको थियोे साथै चन्दन योगीको नेतृत्वमा पन्ध्र सदस्यीय युवा सङ्गठ्न नेपाल दोर्दी गठन गरिएको छ । दुबै निर्वाचित कमिटीलाई जिल्ला कमिटी सदस्य श्रीकृष्ण मगरले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।