२५ फाल्गुन २०८१, आईतवार

‘जनयुद्धमा महिलाहरुको भूमिका विषयक’ वक्तित्वकला प्रतियोगितामा साधना सी प्रथम

0

तुलसीपुर । ‘जनयुद्धमा महिलाहरुको भूमिका विषयक’ वक्तित्वकला प्रतियोगितामा साधना सी प्रथम स्थान हाँसिल गर्न सफल भएकी छन् ।
शनिबार दाङको तुलसीपुरमा आयोजित वक्तित्वकला प्रतियोगितामा घोराहीबाट प्रतिनिधित्व गरेकी महिला नेता साधना सीले प्रथम स्थान हाँसिल गरेकी हुन् ।

प्रतियोगितामा तुलसीपुरबाट प्रतिनिधित्व गरेकी सिर्जना सीले द्वितीय र तुलसीपुरबाटै प्रतिनिधित्व गरेकी अरुणा सीले तृतीय स्थान हाँसिल गरेकी हुन् ।

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले अन्तर्राष्ट्रिय महिला दिवसलाई संघर्ष र अधिकारका लागि लड्नुपर्ने दिवसका रुपमा मनाउनुपर्ने बताए ।

उनले भने– ‘ दास युगदेखि करिव ८ हजार वर्षदेखि महिलाहरुमाथी विभेद , हिंसा भइरहेका छन् । संसारभरी विभेद र हिंसाका विरुद्ध संघर्षहरु चलिरहेका छन् । महिलाहरुले समान कामको समान ज्यालाका लागि लडिरहेका छन् । जनयुद्धमा नेपालका श्रमिक महिलाहरुले ठूलो योगदान गरेका हुन् । महिला मुक्तिको प्रश्न हल गर्न अब नेपालमा समाजवादी राज्यसत्ताको लागि लड्नुपर्ने आवश्यकता बोध भएको छ । महिलामाथी अहिलेपनि हिंसाका जघन्य रुपहरु देखापरेका छन् । त्यसकारण महिलाहरु सशक्त बन्दै सम्पतिमाथिको अधिकारलाई बलियो बनाउदै समाजवादी व्यवस्थाको लडाई लड्न फेरि तयार हुनुपर्दछ ।’

नेता सविनले सम्पूर्ण अवसर प्राप्त गर्न र समानता कायम गर्न मुक्तिकामी महिलाहरु समाजवाद प्राप्तिको आन्दोलनमा सरिक हुन आग्रह समेत गरेका थिए ।

अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रदिप सी, विकास सी, तिलक सी, जिवनी सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी, अखिल (समाजवादी) का केन्द्रीय सदस्य नवीन सी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सहजीकरण एवम अध्यक्षता संगठनकी जिल्ला संयोजक रेखा सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।