१३ बैशाख २०८१, बिहीबार

मृतक घिमेरे प्रति ललितपुर जिल्ला पार्टीले निकाल्यो शोक वक्तव्य

0

विकेश महर्जन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी ललितपुरका डीसीएम भिम प्रसाद घिमेरे, पार्टी पीएम विष्णु प्रसाद घिमेरे र वैकल्पिक उर्जा केन्द्रका उर्जा प्रमुख एवम समाजसेवी लक्ष्मण प्रसाद घिमेरेका पिता महाँकाल गापा ३ गोटीखेल निवासी वर्ष ६५ का राम प्रसाद घिमेरेको व्रेन ट्युमरका कारण लामो समय देखि उपचार गरिरहेकै अवस्थामा ०७९ भाद्र ३ गते दुःखद निधन भएकोले मृतक वुवा प्रति हार्दिक हार्दिक श्रद्धाञ्जली र शोक सन्तव्द परिवार आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछौ । लेखेर नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला सेक्रेटरी ललितको हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख छ ।
शोक वक्तव्यः

शोक वक्तव्य
हाम्रो जनपृय पार्टी नेपाल कम्युनिष्ट पार्टी, ललितपुरका जिल्ला समिति सदस्य क। भिम प्रसाद घिमेरे, पार्टी सदस्य क। विष्णु प्रसाद घिमेरे र वैकल्पिक उर्जा केन्द्रका उर्जा प्रमुख एवम समाजसेवी लक्ष्मण प्रसाद घिमेरेका पुजनीय पिता श्री राम प्रसाद घिमेरेको ६५ वर्षको उमेरमा मिति ०७९ भाद्र ३ गते विहान दुःखद निधन भएको प्रति हाम्रो पार्टी स्तब्ध भएको छ । ललितपुर जिल्ला महाँकाल गाउँपालिका वडा नं। ३ गोटीखेलमा स्थाई वसोवास गर्ने साममजिक हितको वारेमा सोचिरहने सवैका आदरणीय श्री राम प्रसाद घिमेरे विगत लामो समय देखि व्रेन ट्युमर जस्तो जतिल एवम कष्टप्रद रोगवाट ग्रसित भई उपचाररत हुनुहुन्यो ।

शोकको यश घडिमा हाम्रो पार्टी मृतक वुवा प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोक सन्तव्द परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ ।
ललित सेक्रेटरी

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।