
काठमाडौँ । समाजवादी माेर्चा नेपालले शिक्षकहरुले उठाएका न्यायोचित माग पूरा गर्न आग्रह गरेकाे छ । समाजवादी मोर्चा नेपालका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
संयोजक विप्लव सीले शिक्षकहरूले उठाएका न्यायोचित मागहरू पूरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधानद्वारा प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न र शिक्षामा समान पहुँच तथा गुणस्तरको सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
विज्ञप्तिको पूरा पाठ-
शिक्षकहरूले उठाएका न्यायोचित मागहरू पूरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न, संविधानद्वारा प्रदत्त शिक्षाको हकलाई प्रत्याभूत गर्न र शिक्षामा समान पहुँच तथा गुणस्तरको सुनिश्चितता गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । साथै, शिक्षालाई नयाँ दिशा दिने विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गराउन र त्यसका लागि सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन तत्काल आव्हान गर्न पनि सरकारसँग जोडदार अपिल गर्दछौं ।