१५ बैशाख २०८२, सोमबार

विप्लव र आन्दाेलनरत शिक्षक प्रतिनिधि मण्डलबीच भेट

0

काठमाडौं । लामो समयदेखि शैक्षिक आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरूको प्रतिनिधि मण्डलले शनिबार नेकपाका महासचिव विप्लव सीसँग भेटवार्ता गर्दै समस्याको समाधानमा पहल गरिदिन आग्रह गरेको छ ।
भेटमा आन्दोलनरत प्रतिनिधि मण्डलले सरकारले विगतमा शिक्षक समुदायसँग गरेका माग र मुद्दालाई सम्बोधन गर्नेगरी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन जारी गर्न चासो नदेखाएको गुनासो गरेको छ ।
प्रतिनिधि मण्डलले सरकारको उदासीनताका कारण आन्दोलन लम्बिँदै गएको र समस्या थप जटिल बन्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
शिक्षक प्रतिनिधि मण्डलले समस्याको शीघ्र निकासका लागि राजनीतिक पहल गरिदिन महासचिव विप्लवलाई आग्रह गरेको हो । शिक्षकहरूले शिक्षा क्षेत्रको वर्तमान संकट समाधान गर्न विप्लवको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।
जवाफमा महासचिव विप्लवले शिक्षक तथा कर्मचारीका माग र समस्यालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रतिनिधिमण्डल समक्ष व्यक्त गरेका छन् ।
लामो समयदेखि जारी शैक्षिक आन्दोलनका कारण देशभरका विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ । शिक्षकहरूले विभिन्न माग राख्दै आन्दोलन जारी राखेका छन् भने सरकारले यस विषयमा ठोस कदम चाल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।