२१ बैशाख २०८२, आईतवार

पोखरामा विशाल जनसभासहित नेकपा गण्डकीले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

0

पोखरा – १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले पोखरामा एक भव्य र्याली र जनसभाको आयोजना गरी श्रमिक दिवस मनाएको छ ।

कार्यक्रमको सुरुवात पृथ्वीचोकदेखि चिप्लेढुङ्गासम्मको र्यालीबाट गरिएको थियो । र्यालीमा नेकपाका महासचिव विप्लव सी, स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा सी, पोलिट ब्युरो सदस्यहरू आजाद सी, राजन सी, आस्था सी, केन्द्रीय सदस्यहरू पदम सी, उभार सी, निशान सी, कपिल सी लगायत गण्डकी प्रदेशका सबै जिल्लाका सचिव, नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

र्यालीको आकर्षणमा लाखे, पञ्चेबाजा, कौरा नृत्य र झाँकीहरूको समेत प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको औपचारिक सुरुवात अन्तर्राष्ट्रिय श्रमिक गीतबाट भएको थियो । उद्घाटन सत्रमा प्रदेश इन्चार्ज शिलु सीले शुभकामना व्यक्त गर्दै भनिन्, “जबसम्म समाजवाद आउँदैन, तबसम्म मजदुरले उचित तलब पाउँदैनन् र महिलाले अधिकार सुनिश्चित गर्न सक्दैनन् ।” उनले नेपाली विशेषताको समाजवादमा अगाडि बढ्ने नेकपाको दृष्टिकोण दोहोर्याउँदै सम्पूर्ण देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एक ढिक्का हुन आह्वान गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि महासचिव विप्लवले भने, “हिजोको तुलनामा श्रमिक, महिला र आमनागरिकले केही अधिकार पाएका छन्, तर ती पर्याप्त छैनन् ।” उनले राजतन्त्र र पञ्चायती शासनमा वाक स्वतन्त्रता समेत नपाइने अवस्थाबाट आज स्वतन्त्र नागरिकको हैसियतसम्म आइपुगेको कुरालाई ठूलो उपलब्धि हो भन्दै उनले भने, “२१औँ शताब्दीमा राजतन्त्र फर्किन्न, फर्कनु हुँदैन । यो व्यवस्था नेपाली जनताको ठूलो संघर्षको परिणाम हो ।”

लोकतन्त्रमाथि टिप्पणी गर्दै उनले भने, “वर्तमान लोकतान्त्रिक प्रणालीलाई कतिपय नेताहरूले अन्तिम उपलब्धि भने पनि नेकपा समाजवादलाई समुन्नत विकल्प मान्दछ ।” उनले वामपन्थी, कांग्रेस र अन्य राष्ट्रवादी शक्तिहरूलाई समाजवादबारे खुला बहस गर्न आग्रह गरे ।

कार्यक्रममा समाजवादी मोर्चाका प्रदेश संयोजक तथा नेकपाका पोलिट ब्युरो सदस्य राजन सी, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सी, सहिद परिवारको तर्फबाट अखिल (समाजवादी) का सचिव प्रकाश सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । पोलिट ब्युरो सदस्य आजाद सीले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पोलिटब्युरो सदस्य आस्था सीले राखेकी थिइन् ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न जिल्लाबाट सयौं नेताकार्यकर्ताहरूले अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । उनीहरूलाई महासचिव विप्लवको हातबाट टिका लगाई स्वागत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।