२२ बैशाख २०८२, सोमबार

वर्तमान राजनैतिक अस्थिरताका कारण आर्थिक क्षेत्र कमजोर बन्यो : विप्लव सी

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले वर्तमान राजनैतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र कमजोर बन्दै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशद्वारा आइतबार आयोजित नेपालको वर्तमान अवस्थामा आर्थिक, सामाजिक र राजनैतिक विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महासचिव विप्लव सीले विगत १८ वर्षयताकै कमजोर राजनीतिक अवस्था रहेको र यसले देशको अर्थतन्त्रमा नराम्रो असर पारेको बताए । उनले एमाले, कांग्रेस र माओवादीलगायतका दलहरूले आर्थिक रूपमा स्पष्ट मार्गचित्र कोर्न नसकेको समेत बताए ।
महासचिव विप्लव सीले अहिले देशका जनता राजनीतिक र आर्थिक दुवै दृष्टिकोणबाट असन्तुष्ट रहेको बताउँदै दलाल पुँजीवादी र पुरानो अर्थ सम्बन्धका कारण व्यवसायीहरू मारमा परेको र नेपाली विशेषताको समाजवादले मात्र यसको समाधान गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी र नेकपा पार्टीका पिबिएम तथा कास्की इन्चार्ज आस्था सीको पनि उपस्थिति थियो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्य बहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष सन्जिप बहादुर कोइरालाले गरेका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासचिव विप्लव सीले ब्यानर पढेर गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योगी, व्यवसायी, राजनीतिकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।