१५ चैत्र २०८०, बिहीबार

बन्द अवज्ञा गर्ने सवारी साधनमाथि कडा निगरानी

0

दाङ । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा कडा निगरानी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका भेटे पछी निगरानी वढाएको हो । बन्द सफल बनाउन शान्तिपूर्ण रुपमा सवारी साधन रोक्ने, अटेर गर्नेको चावि नियन्त्रणमा लिने बाह्यक तोडफोड र आगजनी गर्ने कुनै कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्री सदस्य तथा दाङ जिल्ला ईञ्चार्ज शितलले बताउनु भयो । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । 


चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका संयोजक कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यसै गरी विहानै देखी सडक राजमार्गहरुमा टायर बालेर बन्दकर्ताहरु सडक सडकमा ओर्लिएको खवर जनपत्रिकालाई आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।