१० श्रावण २०८१, शुक्रबार

तुलसीपुरमा जनपत्रकार संगठनका अध्यक्ष सहित ४ जना गिरफ्तार

काभ्रे बनेपाबाट विशेष कमिटी सदस्यसहित ४ जना पक्राउ

0

काठमाण्डौं । ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरको वीरेन्द्र चोकबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनपत्रकार संगठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली, युवा संघ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द, मजदुर संगठनका नेता संजय रहेका छन् ।


तुलसीपुर बजारमा सवारी साधनको चापी खोस्दै हिडेकाले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले आरोप लगाएका छन ।
नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज शितल वलीले क्षमता भन्दा बढी ढुङ्गा नराख्न र बन्दको अवज्ञा नगर्न टिप्परलाई सम्झाउँदै गर्दा रिपोर्टीङमा रहेका पत्रकार सहित ४ जनालाई पक्राउ गरेको बताउनुभयो । घोराहीबाट पनि प्रहरीले चारजनालई गिरप्mटार गरेको छ ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, एसपीपी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर एक दिने बन्दको घोषणा गरिएको चार दलिए मोर्चाले जनाएको छ । बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने छ ।

प्रेसको दुरुपयोग धेरै भएकाले बास्तविक पत्रकार हो होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शितलले बताउनुभयो । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै वन्द गरिने पार्टीले जनाएको छ ।

काभ्रे बनेपा नगर सरसफाईमा जुटेकालाई गिरफ्तार गरेको छ । विशेष कमिटी सदस्य प्रमोद, विद्यार्थी नेता दयाराम, प्रशान्त, मण्डन देउपुर वडा नं. ४ का स्थानिय निर्वाचनका प्रत्यासी उम्मेद्वार राज कुमार तामाङ्ग, कलाकार संगित, पल राउतलाई गिरफ्तार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।