२३ बैशाख २०८१, आईतवार

कञ्चनपुरबाट तीन जना बन्द आह्वानकर्ता गिरफ्तार

0

कञ्चनपुरको महेन्द्रनगरबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान शान्तिपूर्ण ढंगले बजार बन्द गराउँदै हिँडेका अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य ललित एसके, अखिल (क्रान्तिकारी) कै जिल्ला संयोजक भरत विक र कोषाध्यक्ष अनिल घरेडीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

नेकपाका कञ्चनपुर जिल्ला सेक्रेटरी प्रकाश मल्लले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन् । बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने,असमान सन्धि सम्झौता खारेज,महंगी भ्रष्टाचार नियन्त्रण लगायत माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।