५ जेष्ठ २०८१, शनिबार

काभ्रेमा ४ जना कलाकारसहित ६ जनालाई अमानवीय रूपमा गिरफ्तार

0

नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक टोलि सामना परिवारका ४ जना सदस्यसहित ६ जनालाई काभ्रेमा प्रहरीले गिरफ्तार गरेको छ । सादा पाेसाकका प्रहरीले कुटपिट लछारपछार गर्दै अर्धनग्न रूपमा अमानवीय तरिकाले गिरफ्तार गरेको छ । आज बिहान करिब ७ बजे बनेपाको सातदोबाटोबाट गिरफ्तार गरेको सामना परिवारका संयोजक महेश नेपाली ‘आरोही’ले बताएका छन् ।

आरोहीका अनुसार बन्दको क्रममा आफ्ना सदस्यहरु पल, संगीत, बसन्ती र मनिसलाई गिरफ्तार गरेर प्रहरीले लगेको छ । गिरफ्तार भएका आफ्ना सदस्यहरुको रिहाईको माग गरेका छन् । संघर्षको मोर्चामा सामना परिवारले परिस्थितिको सामना गरिरहेको पनि उनले बताएका छन् ।
अन्य गिरफ्तार हुनेहरुमा काभ्रे जिल्ला पार्टी विशेष कमिटी सदस्य प्रमोद, विद्यार्थी नेता दयाराम, प्रशान्त, मण्डन देउपुर वडा नं. ४ का स्थानिय निर्वाचनका प्रत्यासी उम्मेद्वार राज कुमार तामाङ रहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन ओली सरकार बिच भएको तीन बुँदे सहमतिको पालना नगरिएको उल्टै नेकपा महासचिव विप्लव सहितका नेताकार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गरिएको, मुलुकमा भ्रष्टाचार , महङ्गी र सामाजिक असुरक्षा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीद्वारा आज नेपाल बन्द गरिएको छ । बन्दका क्रममा विभिन्न ठाउँमा बन्द कर्ताहरुको गिरफ्तार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।