६ बैशाख २०८१, बिहीबार

तिज

0

तिजलाई एउटा नेपाली संस्कृतिको रूपमा मनाऔँ!
तिजको नाममा महिना दिनदेखि भोजभतेर आयोजना नगरौ!
देखासिकी रुपमा हैन तिज संस्कार र संस्कृति जोगाउन मनाउ तिज!

एउटा नारी राेइरहेकी हुन्छिन बिहान बेलुकी छाक टार्ने
भान्सामा नुन छैन भनेर!
एउटा नारी खेलौना झैँ सजिएकी हुन्छिन, तिजमा कुन पहिरन लगाऊ भनेर!
आखिर तिमी पनि नारी म पनि नारी मनाउने हो एउटै तिज हामी !
तिजको नाममा विकृति भित्र्याउने हैन संस्कार र संस्कृति जोगाउन मनाऔँ तिज!

ओल्लो घरमा रमझमका साथ छिमेकी दिदी मनाउँछिन् तिज!
पल्लो घरको बहिनी त्यही पुरुषत्वको दासबाट बलात्कार भएर छट्पटी रहेकी छिन् !
३६५ दिनमा ३६५ दिन नै आफ्नो श्रीमानलाई सत्ताेसराप गर्ने नारीले एक दिन व्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने अन्धविश्वासलाई तोड्न मनाऊ तिज!

अन्याय र अत्याचारबाट पिल्सिएका आवाज नभएका आवाजबिहिन दिदीबहिनीहरुलाई चेतना जगाउन मनाऊ यसपालिको तिज!
विकृति ल्याउन हैन, संस्कार र संस्कृति जोगाउन मनाऊ तिज!
यही छ सम्पूर्ण देश विदेशमा रहनु हुने नेपाली दिदीबहिनीहरुलाई हरितालिका तिज २०७९ को शुभकामना !!


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।