७ बैशाख २०८१, शुक्रबार

नेकपा सिन्धुपाल्चोककाे लिशंखुपाखर गाउँ कमिटीकाे सम्मेलन सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी, सिन्धुपाल्चोक जिल्लाकाे लिशंखु पाखर गाउँपालिकामा पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न भएको छ । लिशंखु गाउँपालिकाकाे अत्तरपुरमा सम्पन्न सम्मेलनले विराज तामाङलाई गाउँ कमिटीको सेक्रेटरीमा निर्वाचित गर्दै १३ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।

सम्मेलनबाट नवनिर्वाचित कमिटीलाई पार्टीका जिल्ला सेक्रेटरी युगीनले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै पार्टीले दिइएकाे जिम्मेवारी गम्भीर रुपमा ग्रहण गर्न निर्देशन दिएका थिए । साथै एकीकृत जनक्रान्तिलाई गाउँ बस्तीबस्ती गएर अगाडि बढाउँदै गाेलबन्ध गर्न निर्देशन समेत दिए । सरकारले अहिले तीन बुँदे सहमति विपरीत पार्टीका महासचिव लगायत नेता कार्यकतामाथि लगाएकाे झुठ्ठा मुद्दा र पक्राउ पुर्जी तत्काल खारेज गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा पार्टीका विशेष समिति सदस्य किरण घिमिरे पनि प्रशिक्षणात्मक मन्तव्य र युवा संगठन नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष कुमार श्रेष्ठ पनि मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन पार्टीका जिल्ला कमिटी सदस्य युवराजले गरेका थिए भने स्वागत मन्तव्य रविनले गरेका थिए । कार्यक्रमकाे अध्यक्षता विराजले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।