१३ बैशाख २०८१, बिहीबार

जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र सम्पन्न, बन्दसत्र भाेलिसम्म चल्ने

0

काठमाडाैँ:  जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन नागार्जुन पार्टी प्यालेस माछापोखरी काठमाडाैँमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन  कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगर विषमले व्यानरमाथिको पर्दा खाेलेर गर्नुभएको थियो ।

प्रमुख अतिथि विषम, विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा संगठनका इञ्चार्ज प्रज्ज्वलन, विशेष अतिथि नेपाल पत्रकार महासंघका महासचिव, विशेष अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संयुक्त रुपमा चार वटा दिप प्रज्वलन गरी चौथो राष्ट्रिय सम्मेलन भव्यताका साथ उद्घाटन गर्नुभएको थियो ।                   प्रमुख अतिथि पार्टीका सचिवालय सदस्य विषमले पत्रकारहरुमा पनि जनपत्रकार जनताका आवाज भएकोले वास्तविक घटना र आवश्यकताको पहिचान गरेमा त्यसको समाधान द्रुतगतिमा गर्न सकिने बताउनु भयो  ।

अहिले अन्तराष्ट्रिय राजनीति नेपाल केन्द्रित हुँदै गरेको हाल नेपालको सत्तामा रहेका दलहरुको लाचारीपन र आत्मसमर्पणवादी चरित्रका कारण नेपाली विदेशीको जालमा परेको आरोप लगाउनु भयो । नेपालका गठबन्धन सत्तासिन दलहरु राष्ट्रघात, जनघात, महङ्गी, भ्रष्टचार, द्वन्द्व  र अशान्ति फेैलाउन तल्लिन रहेको बताए  ।                               उहाँले भन्नुभयो, `तत्कालीन नेपाल सरकारसँग २०७७ फाल्गुन २० गतेको ३ बुँदे  सहमति विपरित मुद्दा खारेज गर्ने सहमति छ सरकार उल्टो पक्राउ पुर्जी जारी गर्नु भनेको गठबन्धन सरकार शान्ति चाहदैन भन्ने पुष्टि भएको छ त्यसैले हामी संयमताका साथ जनतामा जान्छौँ र जनविरोधी र राष्ट्रघातीहरुको विरुद्ध निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गर्दछु ।´

यो व्यवस्था नै गलत भएकोले व्यवस्था बदल्नको लागी नेपाल कम्युनिस्ट पार्टी एकिकृत जनक्रान्तिमार्फत दलाल संसदिय व्यवस्थाको अन्त गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन लागेको बताउनु भयो ।                                       त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जनपत्रकार संगठनका फ्रयाक्शन इञ्चार्ज प्रज्ज्वलनले अन्य पत्रकारको दाँजोमा जनपत्रकार फरक धारबाट र फरक कामकै लागी स्थापना गरेको हुनाले यसको लक्ष्य र उद्देश्य अनुसार सहयोग गर्न नेपाल पत्रकार महासँघ, प्रेस काउन्सील नेपाल लगायतका निकायहरुलाई आग्रह गर्नुभयो ।

जनपत्रकार संगठन नेपाल सम्मेलन आयाेजक समितिका संयाेजक शेर बहादुर विश्वकर्माको अध्यक्षताका भएको उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मानव अधिकार सुशासनको लागी पत्रकारहरु लाग्नु पर्ने धारणा राख्नुभयो ।

पत्रकार महासँघका महासचिव रोशन पुरीले नामै जनपत्रकार भएकोले जनतासँग पत्रकारिता जोड्न जोड दिनुभयो ।

जनवर्गिय सँगठनहरुको तर्फबाट युवा संगठन नेपालका महासचिव सावित्रा अधिकारीले जनपत्रकारहरु कलम मात्र हैन आन्दोलन र सँघर्षहरुमा स्वास्थ्यकर्मी सहयोगीको रुपमा समेत काम गरेकोले अन्य पत्रकार भन्दा जनपत्रकार साच्चै देश र जनताको पत्रकार भएको उल्लेख गर्नुभयो । संगठनका पूर्वअध्यक्ष प्रकाश डुम्रेले यो पत्रकार संगठन स्थापनाकालदेखि नै संकट व्यहोर्दै र संकटहरु टार्दै आएकोले यसको इतिहास जोगाउन पनि अझ लाग्नु पर्ने बताउनुभयो ।

जनपत्रकार संगठन नेपालका सम्मेलन आयाेजक समितिका सदस्य जानकी चौधरीकले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा देशभरीबाट सम्मेलनमा आउनुभएका पत्रकार संगठनका प्रतिनिधि प्रवेक्षकहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो र  सञ्चालन वसन्ले विकले गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला इन्चार्ज माइला लामा, केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इञ्चार्ज सावित्रा दुरा आस्था, केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इञ्चार्ज विवेक, केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मुक्तिमोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, गणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगर लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । सम्मेलनको बन्दसत्र भाेलिसम्म चल्नेछ । 
 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।