१४ बैशाख २०८१, शुक्रबार

नेकपा लमजुङको चौथो जिल्ला सम्मेलन सम्पन्न

0

लमजुङ । नेपाल कम्युनिस्ट पार्टी लमजुङले चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी जङ्ग बहादुर भण्डारी ‘आक्रोश’ को अध्यक्षता र नेकपाका केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज पुर्नजित पुन उभारको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको छ ।

कार्यकममा स्वागत मन्तव्य श्रीकृष्ण थापा मगरले प्रमुख अतिथि र जिल्लाभरीवाट आउनुभएका जिल्ला प्रतिनिधि प्रवेक्षकहरुलाई महान क्रान्तिको सहयात्री सवैलाई स्वागत गर्नुभएको थियोे । कार्यक्रमको उदघाटन चारवटा मैनबत्ती जलाएर प्रमुख अतिथिद्धारा उदघाटन गरिएको थियो ।

प्रमुख अतिथि पुनले नेपाल कम्युनिस्ट पार्टी आवश्यकता ले जन्मिएको भन्दै पार्टीको नीति तथा कार्यक्रम लाई दृढता पुर्वक कार्यान्वयन गर्न र लाग्न आग्रह गर्नु भयो । उक्त भब्य र सभ्य हलले आक्रोशको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त जिल्ला कमिटीले नारायण कुवरको नेतृत्वमाव तीन सदस्यीय जिल्ला सल्लाहकार समिति समेत निर्वाचित गरेको छ । कार्यक्रको संचालन जिल्ला समितिका बरिस्ठ सदस्य रबिन्द्र नखोलाले गर्नु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।