६ जेष्ठ २०८१, आईतवार

राष्ट्रिय वामपन्थी मञ्चको केन्द्रीय भेला भोलि हुँदै

0

काठमाडौं: राष्ट्रिय वामपन्थी मञ्च नेपालको केन्द्रीय भेला भोलि भाद्र १७ गते मन्ध्यांह १२:०० बजे काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ ।                                                मञ्चका संयोजक दीर्घप्रसाद पाण्डेको अध्यक्षतामा बिहिबार बसेको बैठकले भाद्र १७ गते भेला गर्ने निर्णय गरेको थियो । नेपालका विभिन्न स्वतन्त्र वामपन्थी शक्तिहरूलाई नेतृत्व गर्ने उद्देश्यका साथ सो राष्ट्रिय वामपन्थी मञ्चको भेला गर्न थालेको मञ्चका संयोजक पाण्डेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।                                                         सो भेलामा देशैभरिबाट प्रतिनिधिहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।