१२ बैशाख २०८१, बुधबार

क्रान्तिकारी ट्रेड युनियनको सम्पर्क कार्यालय उदघाटन

0

विनोद खनाल

रुपेन्देही, बिहिबार बुटवलमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको लुम्बिनी प्रदेश सम्पर्क कार्यालयको उदघाटन भएको छ । बुटवल ६ पुरानो बसपार्कमा महासंघका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरीले एक कार्यक्रमका बिच कार्यालय उद्घाटन गरेका हुन ।

उदघाटन मन्तब्य राख्दै नेता सेन्चुरिले उत्पिडनमा परेको मजदुर समुदाय क्रान्तिकारी आन्दोलनमा जोडिंदै आफ्ना हकअधिकार सुरक्षित गर्न मजदुर आन्दोलमा होमिनुको बिकल्प नभएको बताएका छन । कैयौं कमिका बाबजुत श्रम ऐन लागु भएपनि अधिकांश प्रतिष्ठानहरुले उचित ज्याला नदिएको भन्दै नेता सेन्चुरीले महासंघको पहलमा त्यस्ता प्रतिष्ठानहरुलाई श्रम ऐन कार्यान्वयनका लागि दबाब दिने नभए कारबाहि समेत गर्ने बताए । संसारभरको क्रान्तिकारी आन्दोलनमा मजदुरवर्गको नै मुख्य भुमिका रहेको बताउँदै उनले नेपालको क्रान्तिकारी आन्दोलनको मुख्य संबाहक शक्ती पनि मजदुर नै भएकोले एकीकृत जनक्रान्ति समग्र मुक्ती आन्दोलन भएको जिकिर गरे । नेता सेन्चुरीले अबको आन्दोलन बैज्ञानिक ट्रेड युनियन आन्दोलन हुने र त्यसैको बलमा मजदुरका हक अधिकार स्थापित गर्नेमा बताए ।

कार्यक्रममा नेकपा जिल्ला नेता बिरेन्द्र ले संसारभरको मजदुर आन्दोलनले नै साम्राज्यवादका बादसाहहरुलाई घुँडा टेकाएको बिरासतलाई आत्मसात गर्दै आन्दोलनलाई अर्थबाद र अवसरबादबाट बचेर माथि उठाउन जरुरि रहेकोमा जोड दिए । उनले झांगिएको मजदुर संगठनले मात्रै क्रान्तिकारी आन्दोलन अघि बढ्ने हुँदा सम्पर्क कार्यालय मार्फत संगठनको काममा जोड दिन सुझाएका थिए । नेकपा बुटवल सेक्रेटेरी रोमियो, राजु रसाईली अटो मजदुर युनियनका नेता माधब न्यौपाने, जनपत्रकार संगठनका जिल्ला संयोजक विनोद खनाल लगायतको आतिथ्यता रहेको कार्यक्रम महासंघ प्रदेश अध्यक्ष खगेन्द्र पौडेलको अध्यक्षता एबं जिल्ला सचिव प्रेम बिसि को संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।