१४ बैशाख २०८१, शुक्रबार

गठबन्धन सरकार अमेरिकाको गुलाम र दलालहरुले नेपाललाई युक्रेन बनाउँदैछन्- सुमनसिंह

0

इलाम: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता सुमनसिंह पौडेलले दलाल संसदवादीहरुले नेपाललाई युक्रेन बनाउने गतिविधि गरिरहेको बताएका छन् । आज इलामको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सभामा बोल्दै नेता सिंहले देशमा अमेरिकी साम्राज्यवादीहरुकाे खुलेआम हस्तक्षेप भैरहेको बताएका हुन् ।

इलामको चोकबजारमा आज सम्पन्न उद्घाटन सभामा उपस्थित जनताको बिचमा उनले यतिबेला देश जोगाउने र जनतालाई दलाल संसदवादी सत्ताको अत्याचारबाट मुक्त गर्नु पर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन् । सिंहले तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुंदे सहमतिको प्रसंग निकाल्दै शेरबहादुर नेतृत्वको गठबन्धन सरकार अमेरिकाको गुलाम बनेको र नेकपा माथि पुनः प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको बताए ।

उनले यो सत्ता तीन बुंदेमा इमानदार नभए त्यसले द्वन्द जन्माउने बताउँदै सत्ताधारीहरु जनताको रगतको प्यासी भएको आरोप लगाए । आफ्नो पार्टी देश र जनताको सुरक्षा र प्रगतिमा इमानदार भएर लडाई लड्ने उद्घोष गर्दै नेता सिंहले यो सम्मेलनले देश र जनताको अधिकार र मुक्तिको निम्ति बलिदान गर्ने प्रतिबद्धता गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।