
इलाम: नेपाल कम्युनिस्ट पार्टीको इलाम जिल्लाको दोश्रो सम्मेलन उद्घाटन सभाको प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज दिपेशले यो लडाइँलाई षड्यन्त्रद्वारा पराजित गर्न सक्छु भनेर ठान्नु राज्यको मुर्खता भएको बताएका छन् ।
उनले न त राणा न पंचायत न राजा कसैले पनि जनताको लडाईलाई पराजित गर्न नसकेको बताउँदै राज्यले षड्यन्त्र नरोके जस्तोसुकै संघर्ष गर्न आफ्नो पार्टी तयार रहेको बताए ।
उनले इलाम रत्न, कटक जस्ता योद्धाहरुले रगत बगाएको जिल्ला भएको स्मरण गराउँदै सत्ताले उहाँहरुलाई मारेर के आफुले जित्न सक्यो ? भन्दै प्रश्न गरेका थिए । आफ्नो पार्टी जनयुद्ध लडेर आएको पार्टी भएकोले बलिदानको मूल्यबोध आफूहरुलाई राम्रोसँग भएको बताए ।
उनले तीन बुँदे सहमतिमा राज्य इमानदार नहुनु अमेरिकनका नेपाली दलालहरुको बफादारिता भएको बताउँदै तीनबुँदेमा इमानदार नभए प्रतिरोधको सामना गर्न राज्य तयार हुनु पर्ने नेता राईले चेतावनी दिएका छन् ।