१६ चैत्र २०८०, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे सम्मेलन सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी दैलेखकाे ऐतिहासिक तेस्रो जिल्ला सम्मेलन सदरमुकाममा सम्पन्न भएकाे छ ।              भ्रष्टाचार, राष्ट्रघात, जनघात विरुद्ध एकीकृत आन्दोलन ! वैज्ञानिक समाजवादकाे पक्षमा ऐतिहासिक तेस्राे जिल्ला सम्मेलन !!भन्ने मूल नाराका साथ सुरु भएकाे सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एटम बिसीले गरेका थिए । सम्मेलनलाई सम्बाेधन गर्दै उनले अमेरिकी सम्राज्यवाद, दलाल पुँजीवाद नै अहिलेकाे नेपाली जनताकाे प्रमुख दुश्मन भएकाे बताए । नेपालकाे दलाल शासकहरु विरुद्ध आफुहरु निरन्तर क्रान्तिमा रहेकाेमा जाेड दिए ।नेपाली दलाल शासकहरुले एमसीसी,एसपीपी सम्झौता गरेर देशकाे राष्ट्रिय स्वाधिनता धरापमा पारेकाे उल्लेख गरे । याे दलाल सँसदीय व्यवस्थाबाट जनताकाे अधिकारकाे ग्यारेन्टी हुन नसक्ने ठाेकुवा समेत गरे ।पार्टीको नवौ ऐतिहासिक महाधिवेशनलाई सफल बनाउन देशैभरिका जिल्ला सम्मेलन र भेला भइरहेकाे बताउँदै दैलेख जिल्लाकाे तेस्रो ऐतिहासिक सम्मेलन सफलताकाे शुभकामना दिए ।
उद्घाटन कार्यक्रममा शिक्षक सँगठनका चन्द्र गुरुङ, क्रमचारी सँगठनका दिपक नेपाली र सहिद परिवारबाट थिर बहादुर हमालले शुभकामना मन्तव्य राखेका थिए ।

नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले अध्यक्षता गरेकाे कार्यक्रमकाे सञ्चालन विश्व र स्वागत भाषण प्रकाशले गरेका थिए । सम्मेलनमा जिल्ला सेक्रेटरी दिपेन्द्रले जिल्लाकाे राजनीतिक प्रतिवेदन वाचन गरेपछि हलबाट पारित गरियाे । जिल्ला सम्मेलनबाट प्रकाश विश्वकर्माकाे नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति निर्वाचित भएकाे छ । सम्मेलनमा जनवादी गीत तथा नृत्य पनि प्रस्तुत गरिएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।