७ बैशाख २०८१, शुक्रबार

नागरिकता विधेयक शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेकपाको ध्यानाकर्षण

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले नागरिकता विधेयकलाई शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्डले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै नेपाल देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतासँग अभिन्न रुपमा जोडिएको नागरिकतासम्बन्धि विधेयकको सवालमा उठेका संवेदनशील र गम्भिर मुद्दाहरुको निरुपण गर्न जरुरी भएको भन्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।
प्रवक्ता प्रकाण्डले नेपाल सरकारले संसदमा पेश गरी पारित गरेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक’ राष्ट्रिय रुपमा सबभन्दा बढी बहस, विवाद र विरोधको मुद्दा बन्न पुगेको उल्लेख गर्दै ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नवालक र अंगिकृत नागरिकता’को विषय त्यसको केन्द्रमा रहन गएको वा नागरिकता भनेको जनताको अधिकार र राष्ट्रियताको अहम् मुद्दा भएको ठोकुवा गर्दै हिमाल, पहाड, तराई, मधेशका सबै नेपाली नागरिकले निर्विवाद रुपमा नागरिकता प्राप्त गर्नु पर्ने बताएका छन् ।

प्रेस विज्ञप्ति पूरा पाठ –

१. नेपाल सरकारले संसदमा पेश गरी पारित गरेको ‘नेपालनागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक’ राष्ट्रिय रुपमा सबभन्दा बढी बहस, विवाद र विरोधको मुद्दा बन्न पुग्यो ।‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नबालक र अंगिकृत नागरिकता’को विषय त्यसको केन्द्रमा रहन गएको वा नागरिकता भनेको जनताको अधिकार र राष्ट्रियताको अहम् मुद्दा हो । हिमाल, पहाड, तराई, मधेशका सबै नेपाली नागरिकले निर्विवाद रुपमा नागरिकता प्राप्त गर्नु पर्दछ ।
२. नेपाल देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतासँग अभिन्न रुपमा जोडिएको नागरिकता सम्बन्धि विधेयकको सवालमा उठेका संवेदनशील र गम्भिर मुद्दाहरुको निरुपण गर्न जरुरी छ । त्यसका निम्ति शक्तिशाली आयोग बनाएर निरुपण गर्न र राष्ट्रिय एकता कायम गर्न नेपाल सरकार र सम्बद्ध निकायको नेपाल कम्युनिस्ट पार्टी गम्भिर ध्यानाकर्षण गराउँदछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।