१३ बैशाख २०८१, बिहीबार

तीन बुँदे सहमति उल्लंघन नगर्न नेकपा नेता अनिलको चेतावनी

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले सरकारलाई तीन बुँदे सहमति उल्लंघन नगर्न चेतावनी दिनु भएको छ ।
विद्यार्थी साधारण शाखाको दोस्रो सम्मेलनलाई बिहीबार काठमाडौंमा उद्घाटन गर्दै नेता अनिलले सरकारले तीन बुँदे सहमति विरुद्ध नेताहरुका नाममा पक्राउ पुर्जी जारी गरी बदमासी गरेको आरोप लगाउनु भयो ।
उहाँले युवा विद्यार्थीहरु परिवर्तनको संवाहक भएको भन्दै वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा युवा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने जिकिर गर्नु भयो ।
अहिले सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा आलटाल गरिरहेकोप्रति आपत्ति जनाउँदै नेता अनिलले सरकारलाई सहमति कार्यान्वयन गराउनका लागि युवा विद्यार्थीहरुको ठूलो दबाब आवश्यक रहेको औल्याउनु भयो ।
कार्यक्रममा नेकपा नेता चिरन पुनले दोस्रो साधारण शाखा सम्मेलनको शुभकामना दिदै युवा विद्यार्थीहरुले पार्टीको लागि पिल्लरको काम गर्ने गरी अगाडि वढन सुझाव दिनु भयो ।
कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, अनेरास्ववियू ( क्रान्तिकारी)का पूर्व अध्यक्ष चिरन्जीवी ढकाल, युवा संगठन नेपालका महासचिव सावित्रा अधिकारी, ट्रेड युनियन महासंघका संयोजक श्यायम सेन्चुरी, प्रवास संगठनका विश्व शाह लगायतका अतिथिहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव ललित विकले गर्नु भएको
थियो भने स्वागत मन्तव्य अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र विकले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।