८ बैशाख २०८१, शनिबार

नेकपा ललितपुर कोन्ज्योसोम गाउँपालिकाको नवौं भेला सम्पन्न, सेक्रेटरीमा चन्द्र निर्वाचित

0

काठमाडौं: एकीकृत जनक्रान्तिको सुस्पष्ट कार्यदिशासहित नेपालमा क्रान्तिकारी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको नेपाल कम्युनिष्ट पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनको  पूर्वसन्ध्यामा ललितपुर जिल्ला अन्तर्गत कोन्ज्योसोम गाउँ कमिटीको ९ औं भेला सम्पन्न भएको छ ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ५, भारदेउमा भएको भेलाबा चन्द्र सेक्रेटरी रहने गरि १९ सदस्यीय कोन्ज्योसोम गाउँ कमिटी निर्वाचित भएको छ।

भेलाको उद्घाटन समारोह आयोजक समितिका संयोजक चन्द स्याङ्तानको सभापतित्वमा पार्टी जिल्ला सेक्रेटरी ललितको प्रमुख आतिथ्यता, अतिथिहरु मजदुर संगठनका केन्द्रिय नेता  अनुप  महानगर समिति सेक्रेटरी बज्र, महालक्ष्मी  नगर सेक्रेटरी तथा नेवा: मुक्ति मोर्चा केन्द्रिय उपाध्यक्ष रत्न महर्जन,  जिल्ला सदस्य कुलमान, मान बहादुरको  आतिथ्यमा गरिएको थियो । भेलाको समाेद्घाटन प्रमुख अतिथि ललित र अतिथिहरुहरुद्वारा बत्ति प्रज्वलन गरेर भएको थियो ।

भेलामा आफ्नो महत्वपूर्ण भनाइसहित नेवा मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रत्न महर्जन, मजदुर नेता अनुप शर्मा र जिल्ला सदस्य मान बहादुर र कुलमानले निर्वाचित कमिटीको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनु भएको थियो भने जिल्ला सेक्रेटरी ललितले प्रशिक्षणसहित प्यानल प्रस्ताव गर्नु भएको थियो । नवनिर्वाचित कोन्ज्योसोम गाउँपालिका सेक्रेटरी चन्द्र स्याङ्तानको प्रतिबद्धता मन्तव्यसँगै भेला समापन गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।