२१ बैशाख २०८१, शुक्रबार

नेकपा कञ्चनपुर विशेष जिल्लाको सम्मेलन सम्पन्न, सचिवमा पुरन राना

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कञ्चनपुर विशेष जिल्लाको सचिवमा पुरन राना निर्वाचित हुनु भएको छ । शुक्रबार कञ्चनपुरको पुनर्वासमा भएको नेकपा कञ्चनपुरको प्रथम जिल्ला सम्मेलनले सचिव रानाको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

उक्त सम्मेलन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघका क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले पार्टी जीवनको बिषयमा, पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय अन्तर्राष्टिय परिस्थिति,नीति विधि लगायत महत्वपूर्ण विषयमा प्रतिनिधि तथा परिबेक्षकलाई प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।

उनले कार्यकर्तालाई प्रशिक्षित गर्दै जनताको आशा र विश्वास सहितको हाम्रो पार्टी जनताको मुक्तिका निम्ति अन्तिम सम्म संघर्स गर्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अन्तिम लक्ष्यमा पुग्ने बताइन् । देशको वर्तमान परिवेशलाई मध्यनजर गर्दै हाम्रो पार्टीले सश्लेसित गरेको एकीकृत जनक्रान्ति मा जनताहरू गोलवन्द हुन सबैले आआफ्नो ठाउँबाट नयाँ जोस र जाँगर साथ लाग्न कार्यकर्तालाई उनले निर्देशित गरेकी थिइन् । उनले भनिन्, “ दलाल पूँजीवादको अन्त्य नहुँदा सम्म जनताका मुद्दा कदापि पूरा हुने छैनन् त्यस कारण आजको दिनमा वैज्ञानिक समाजवाद अनिवार्य र अपरिहार्य भएको छ ।”

नवनिर्वाचित २३ सदस्यीय जिल्ला समितिको प्यानल प्रस्तुत भने नेकपा केन्द्रिय सदस्य डबल शाहले गरेका थिए ।

नेकपा पूर्व जिल्ला सचिव प्रकाश मल्लको अध्यक्षतामा भएको सम्मेलन समारोहमा अथितिमा पार्टी केन्द्रिय सदस्य डबल शाह, कञ्चनपुर जिल्ला सचिव राजेन्द्र विष्ट, विशेष समिति सदस्य बिर्ख रहेका थिए । कार्यक्रम सञ्चालन विशेष समिति सदस्य राम बहादुर सिंहले गरेका थिए । अन्तिममा निर्वाचित टीमलाई प्रमुख अतिथिले सपथ ग्रहण गराएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।