८ बैशाख २०८१, शनिबार

नेकपा सुनसरी जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न सेक्रेटरीमा विवश

0

सुनसरी: नेपाल कम्युनिस्ट पार्टी सुनसरी जिल्लाको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले विवशको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
उक्त कार्यक्रममा अतिथिहरु नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी,धनकुटा जिल्ला इन्चार्ज दिपेश राई मोरङ्ग,झापा जिल्ला इन्चार्ज सुमन लिम्बु, श्रमिक समुदाय नेपालका महासचिव त्रिलोचन, अनेमसंघ क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष कमला लिम्बू, लिम्बुवान मुक्ति मोर्चाको केन्द्रीय संयोजक गजेन्द्र पालुङ्वा, विशेष कमिटी सदस्य देव कुमार गुरुङ, हर्क लिम्बू रहेका थिए ।

उक्त कार्यक्रमको अतिथि दिपेश राईले पार्टीको कार्यदिशा, वर्तमान राष्ट्रिय राजनीति,अन्तर्राष्टिय परिस्थिति,नीति विधि लगायत महत्वपूर्ण विषयमा प्रतिनिधि तथा परिवेक्षकलाई प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।
उहाँले सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमति पूरा गर्नुको साटो उल्टै पार्टीको महासचिव विप्लव लगायतका नेताकार्यकर्तालाई यो दलाल सरकारले पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमतिलाई सरकारले बेवास्था गरेर सहमतिलाई दबाउने कुचेस्ट नगर्न सरकारलाई चेतावनी दिदै उहाँले ईटको जवाफ पथ्थरले दिन राज्यलाई हाम्रो पार्टी जतिसुकै बेला पनि तयार रहेको चेतावनी दिनुभयाे ।

उहाँले आफ्नो नेताकार्यकर्तालाई प्रशिक्षण गर्दै देशमा भएको अन्य अत्याचार, भ्रष्टाचार, महंगी, बलात्कार, एम.सी.सी.,एस. पी.पी लगाएतको राष्ट्रघात विरुद्धको आन्दोलनमा एकता बद्ध भएर अगाडि बढ्न र पार्टीको ९ औं महाधिवेशन सफल पार्न सबै नेताकार्यकर्तालाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न निर्देशन दिदै नवनिर्बाचित टिमलाई कार्य सफलताको शुभकामना दिनुभएको थियो ।

अन्य अतिथिहरु सुमन लिम्बू, त्रिलोचन, देव गुरुङ, कमला लिम्बुले कार्यक्रम सफल पार्न र नवनिर्बाचितहरुलाई कार्य सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।