१३ बैशाख २०८१, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी पर्साकाे सम्मेलन सम्पन्न, सेक्रेटरीमा फिराेज आलम

0

नेपाल कम्युनिस्ट पार्टी पर्सा जिल्लाकाे दाेश्राे जिल्ला सम्मेलन भव्य रूपले बिरगंजकाे घण्टाघरमा सम्पन्न भएको छ ।

हजारौं जनताको उपस्थितिमा जुलुस प्रदर्शनसहित भएको सम्मेलनमा सहिद परिवार, जेलमाेर्चा पार गरेर आउनु भएका याेद्धाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सामना परिवारकाे विशेष प्रस्तुति समेत भएको थियो ।

जिल्ला सेक्रेटरी बिनाेद काफ्लेको अध्यक्षता भएको उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि चितवन, मकवानपुर, बारा, पर्सा इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य सन्देश पाैडेल रहनु भएको थियो ।
अन्य अतिथिहरुमा पार्टीका केन्द्रीय सदस्य तथा राैतहट सर्लाही इन्चार्ज समर, मकवानपुर पूर्व सेक्रेटरी वाटर, राष्ट्रिय वामपन्थी मंचका केन्द्रीय सदस्य पवन, बारा जिल्ला पूर्व सेक्रेटरी बिक्रम रहनुभएकाे थियो ।
पर्सा दाेश्राे जिल्ला सम्मेलनले फिराेज आलम सेक्रेटरी रहनुभएकाे १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।