८ बैशाख २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी धनकुटाको जिल्ला सम्मेलन सम्पन्न, सेक्रेटरीमा ध्रुव थापा

0

नेपाल कम्युनिस्ट पार्टी धनकुटा जिल्लाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

उक्त सम्मेलनले ध्रुव थापा सेक्रेटरी रहेको र दुई जना पछि थप गर्ने गरि १३ सदस्यीय जिल्ला कमिटी सदस्य निर्वाचित गरेको छ ।
सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी, धनकुटा जिल्ला इन्चार्ज दिपेशको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै दिपेशले नेपालका संसदवादी दलहरुले राष्ट्रघाटी एम.सी.सी., एस.पी.पी. सम्झौता तथा कार्यक्रम जबर्जस्त कार्यन्वयन गर्न लागेकोले यसको विरुद्धमा नेकपाले जनता साथमा लिएर सडक आन्दोलनबाट नै यस्तो राष्ट्रघाति परियोजना कुनै पनि हालतमा लागु गर्न नदिने बताए ।
नेकपाले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारीताको साथ पालना गरेता पनि सरकार गैरजिम्मेवार रहेर सहमति कार्यन्वयन गर्नुको साटो उल्टै ललितपुर जिल्ला अदालतबाट पार्टीको नेतृत्व लगाएतका नेताकार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गर्नु भनेको देश र जनताको चाहना विपरित जवरजस्त द्वन्द्व निम्त्याउन खोजेको आरोप पनि लगाए ।
उनले सरकारले जबर्जस्ती नेकपालाई शान्ति पूर्ण ढंगले आफ्नो पार्टीको कार्यदिशालाई जनता सामु लिएर जादा राज्यले गलत ढंगले हेर्नु त्यो राज्यको गैर जिम्मेवारीपन भएको बताउदै उनले आवश्यक परेमा जनतासँग एक भएर त्यसको जवाफ दिने चेतावनी सरकारलाई दिएको छन् ।
उनले नवनिर्बाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै नयाँ नेतृत्वले धनकुटा जिल्लामा भएको र देशमा भएको गलत रबैयाको विरुद्ध जहिले पनि आवाज उठाउन सकोस् र अन्य अत्याचारको विरुद्धमा भण्डाफोर गर्न सकोस् भन्दै सम्पूर्ण निर्बाचित सदस्यहरुलाई पार्टीको नीति अनुसार सपथ ग्रहण गराएका थिए ।
उक्त कार्यक्रमका अतिथि नेपाल कम्युनिस्टका केन्द्रिय सदस्य तथा संखुवासभा र तेह्रथुम जिल्लाका जिल्ला इन्चार्ज तिर्थ राईले राजनैतिक, वैचारिक, अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा प्रशिक्षण दिदै उनले नवनिर्बाचित सदस्यहरुलाई कार्य सफलताको शुभकामना दिएका थिए ।
नेकपा धनकुटा जिल्लाको तेस्रो सम्मेलन आयोजक कमिटीका संयोजक ध्रुव थापाको अध्यक्षता र कार्यक्रमको संचालन नेकपा धनकुटा जिल्ला तेस्रो सम्मेलन आयोजक कमिटीका सदस्य रण कुमारले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।