१६ चैत्र २०८०, शुक्रबार

तेजराम चाैधरी र मनाेज चाैधरीले नेकपा बहुमतबाट राजिनामा दिदै नेकपामा प्रवेश गरे

0

नेकपा बहुमत परित्याग गरि तेजराम चाैधरी र मनाेज चाैधरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा बहुमत घाेडाघाेडी नगरपालिका वडा नम्बर ११ का संयाेजक तेजराम चाैधरी र साेही नगरपालिकाकै वडा नम्बर १२ का संयाेजक मनाेज चाैधरीले एक प्रेस विज्ञप्ति जारी गरि उक्त पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिदै नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहने प्रतिबद्धता गरेका छन् ।
बहसमत पार्टी केही महिनामा अन्य पार्टीसँग एकता गर्ने निर्णय पूर्णरूपमा असान्दर्भिक लागेको भन्दै उनीहरूले एकीकृत जनक्रान्ति वैचारिक माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने विश्वाससहित नेकपामा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।