१६ चैत्र २०८०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी कालिकाेटको तेस्रो पूर्ण बैठक सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी कालिकाेट जिल्लाकाे तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकले नेकपाको नवौ महाधिवेशन आगामी असोज २५ गतेदेखि ३१ गतेसम्म कपिलवस्तमा हुने भएकाले त्यसको बाँकी तयारीमा लाग्ने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चार्ज कर्ण भण्डारी (विराट)ले नेता कार्यकतालाई बाँकी महाधिवेशनको तयारी काममा लाग्न निर्देशन दिए ।

उनले विद्यमान दलाल संसदीय पुँजीवादी व्यवस्था नै अहिलेको परिवर्तनको बाधक भएको बताए । नेता विराटले दलाल व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अनिर्वाय बन्न गएको प्रष्ट्याए ।

बैठकले नेकपाको नवौ महाधिवेशनको ऐतिहासिक राजनीतिक दस्तावेज र विधान माथिको सुझावलाई केन्द्रमा पठाउने निर्णय पनि गरेको छ । बैठकले नवौ महाधिवेशन प्रतिनिधिका रुपमा मनिलाल ऐडी (रणदिप), पदम विक (शाहासी), छत्र बम (समग्र) र कलसा विक (शान्ति) लाई पठाउने सर्वसम्मत निर्णय गरेको छ ।

वैठकमा प्रमुख अतिथिको रुपमा नेकपा केन्द्रीय सदस्य विराट, अतिथिको रुपमा नेकपा कालिकोट जिल्ला पूर्व सेक्रेटरी रणदिप र नेकपा कालिकोट जिल्ला सल्लाहकार संयोजक समग्रको उपस्थिति रहेको थियो । बैठक जिल्ला सेक्रेटेरी शाहासीको अध्यक्षतामा रास्कोटमा बसेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।