१५ चैत्र २०८०, बिहीबार

गजल

0

तिम्रो कलम मेरो बन्दुक पेशा फरक छ ।
सक्षम महान याेद्धा बन्ने मनमा रहर छ ।।

सँगै अघि बढाैं भन्छाै तिमी ।
तिमी स्कुल जाँदा घाँस काट्थे मैले ।
तिम्रो मेरो जिन्दगीकाे कथा फरक छ ।
तिम्रो कलम मेराे बन्दुक पेशा फरक ।
क्रान्तिकारी याेद्धा बन्ने मनमा रहर छ ।।

तिमीले कापी कलम समातेर स्कुल जाँदा ।
म कुटाे काेदालाे र दाउरा घाँस गर्थे ।
तिम्रो मेरो जिन्दगीकाे ब्यथा फरक छ ।
तिम्राे कलम मेराे बन्दुक पेशा फरक छ ।
स्वाभिमानी याेद्धा बन्ने मनमा रहर छ ।।

एउटै काखमा जन्मिएका छाेराछाेरी हामी ।
तिमी सम्मानित भयाे म अपमानित भएँ ।
छाेराछाेरीलाई हेर्ने समाजकाे दृष्टि फरक छ ।
तिम्रो कलम मेराे बन्दुक पेशा फरक छ ।
देशकाे मुक्ति याेद्धा बन्ने मनमा रहर छ ।।

एउटै बाटाे हिडाैँ न त भन्छाै तिमी ।
तिमी सत्तामा छाै म एकिकृत क्रान्तिमा ।
तिमी र म हिड्ने मुल बाटाे फरक छ ।
तिम्रो कलम मेराे बन्दुक पेशा फरक छ ।
सक्षम कुशल याेद्धा बन्ने मनमा रहर छ ।।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।