१५ बैशाख २०८१, शनिबार

जनताको बलले दलाल पूँजीवाद अन्त्य गर्नुपर्छ : विप्लव

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दलाल पूँजीवाद जनताको बलबाट अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेकपाको ऐतिहाहिक नवौं महाधिवेशनको मंगलबार कपिलवस्तुको शिवगढीमा उद्घाटन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले दलाल पूँजीवाद नै नेपाली जनताको मुख्य दुश्मन भएको भन्दै यसको अन्त्य विना नेपालमा जनताको समृद्धिको व्यवस्था स्थापित नहुने बताए । महासचिव विप्लवले दलाल पूँजीवादी संसदीय व्यवस्थाको आगामी मंसिर ४ मा हुने निर्वाचन जनताको लागि कुनै लाभदायिक नभएको भन्दै यस पटक नेकपाले खारेज गर्ने पनि उद्घोष गरे । उनले विगतमा नेकपाले गरेको चुनाव प्रयोगको कार्यनीतिलाई मुख्य बनाएर पार्टी विभाजन गर्नेहरुतर्फ लक्षित गर्दै उनीहरु एकीकृत जनक्रान्तिको कार्यदिशा नबुझेको विर्सनवादी अवसरवादी र साम्राज्यवादीको गोटी भएको आरोप लगाए । उनले कञ्चन सुदर्शनको हमला लिम्प्याओवादी हमला भएको पनि बताए । महासचिव विप्लवले तीन बुँदे सहमति नेकपाले हारेर नभई जीतेर भएको भन्दै त्यो सहमति जनताको जीत भएको बताए । उनले अहिले  तीन बुँदे सहमति विरुद्ध साम्राज्यवादी, दलाल पूँजीवादीहरु लागेको बताए । उनले  कुमार पौडेल, निरकुमार राई लगायतका होनहार क्रान्तिकारी योद्धालाई प्रतिबन्धको बेला राज्यले अमानवीय याताना दिएर कायारतापूर्ण हत्या गरेको बताए । उनले भने,’दलाल पूँजीवाद रहेसम्म जनताको समृद्धि हुँदैन, वैज्ञानिक समाजवाद आउँदैन, यसलाई मिल्काउनुको विकल्प छैन ।’
महासचिव विप्लवले नवौं महाधिवेशन सहिद लखन थापादेखि जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरुको रगत मिसिएर आएको भन्दै यो महाधिवेशनले सहिद,घाईते अपांग, वेपत्ता योद्धा लगायत सबै नेपाली जनताको सपना पूरा गर्ने अठोट व्यक्त गरे ।
उनले भने,’कुनै पनि हातलमा बरु बलिदान स्वीकार गर्छौँ तर दलाल पूँजीवाद सामु आत्मसमर्पण गर्दैनौँ, नेपालमा वैज्ञानिक समाजवाद नल्याएसम्म क्रान्तिको झण्डा झुक्न पनि दिदैनौँ ।’
महासचिव विप्लवले बरु इतिहासमा समाजवादी व्यवस्थाहरु आएको तर रक्षा गर्न नसकिएको स्मरण गर्दै अब कम्युनिष्टहरुले माक्र्स, लेनिन, माओले विकास गरेको विचारले मात्र समाजवादी व्यवस्था रक्षा हुन् नसकेको बताए । उनले अबका क्रान्तिकारीहरुले दर्शन, अर्थशास्त्र र वैज्ञानिक समाजवादमा थप  विकास गर्न आवश्यक भएको औल्याए । उनले यो नवौँ महाधिवेशनले विचार विकासलाई पनि बहसको विषय बनाउदै विचार विकासमा सहयोग गर्ने आशा व्यक्त गरे । उनले विवेक, श्रम र संघर्षलाई सँगै जोडेर लिन नसक्ने पार्टीहरु सफल नहुने भन्दै अबको क्रान्तिमा यो तीन वटै कुरालाई जोडेर लिनुपर्ने बताए । उनले सुन्दर देशमा कुरुप शासन किन थेग्ने ? प्रश्न गर्दै कुरुप शासनका विरुद्ध विद्रोह गर्न सबैलाई आव्हान पनि गरे ।

महाधिवेशनको उद्घाटन सत्रम नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका उपाध्यक्ष विनोद उपाध्याय, राष्ट्रिय वामपन्थी मञ्चका अध्यक्ष दिर्घ पाण्डे, प्रगतिशील कानुन व्यवसायी संघका अध्यक्ष एकराज भण्डारी, जनअधिकार अभियान मञ्चका उपाध्यक्ष देववहादुर पौडेल, एकीकृत जनक्रान्तिका घाईते सुरेन्द्र महर्जन, सहिद बेपत्ता परिवार समाजका अध्यक्ष राम वहादुर थापा, सहिद निर कुमार राई कि जीवन संगीनी इन्द्रकला राई, थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष संघ प्रसाद थारु, किराँत राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष जीवन राई, मुश्लिम राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अज महमद, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष श्याम सेन्चुरी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा, युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले महाधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
महाधिवेशनको उद्घाटन सत्रलाई नेकपाका प्रवक्ता प्रकाण्डले संचालन गरेका थिए भने नेकपाका सचिवालय सदस्य सन्तोष वुढा मगरले स्वागत मन्तव्य राखेका थिए ।
महाधिवेशनको उद्घाटन सत्रमा प्रविधिको प्रयोग गर्दै ड्राेन समेत उडाइएको थियो । महाधिवेशन सुरु हुनु पूर्व शिवगढीवासीको बाजागाजा सहितको नारा जुलुस गाउँ परिक्रमा गरी कार्यक्रम स्थल पार्टी कार्यालय पुगेको थियो । महाधिवेशनको उद्घाटन सत्रको बिचबिचमा सामना जनसाँस्कृति परिवार र प्रभात जनसाँस्कृति परिवारले क्रान्तिकारी प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।