११ बैशाख २०८१, मंगलवार

नेकपाको महाधिवेशनमा राजनैतिक तथा विधान प्रतिवेदनमाथि छलफल जारी (फाेटाे फिचरसहित)

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा नेकपाद्वारा प्रस्तावित राजनैतिक तथा विधान प्रतिवेदनमाथि छलफल गर्ने क्रम जारी रहेको छ । महाधिवेशनमा सहभागी सबै प्रतिनिधि, पर्यवेक्षकहरुलाई २० वटा समूहमा विभाजन गरेर समुह छलफल भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको आज भइरहेको समूहगत छलफल सबै समूहको सकिएको छैन । दिनभर सबै समुहहरु छलफलमा जुटे पनि केही समुहको मात्र छलफल सकिएको छ । सबै समूहहरुको छलफल सकिएपछि बन्दसत्रमा समूह लिडरले समुहको सल्लाह, सुझाव राख्नेछन् ।
महाधिवेशनको बन्दसत्रमा पार्टीको तर्फबाट महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन, विधानप्रतिवेदन र सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम)ले पेश गरेको जातीय प्रस्तावमाथि समूहगत छलफल भइरहेको छ ।  प्रत्येक समूहमा करिब २५ जना बराबरको सदस्य संख्या तोकिएको छ । २० वटा समूहले आ-आफ्नो समूहबाट एउटा समूह नेता चयन गरेका छन् । सामुहिक छलफलकाे निष्कर्ष वा सल्लाह सुझावहरु समूह नेताहरुले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने नेकपा श्रोतले जनाएको छ । समूह विभाजनमा जिल्ला, विभाग, मोर्चा स्वयमसेवक, जवस, विदेश विभाग, प्रवास, कलाकार लगायतका विभिन्न क्षेत्रका प्रतिनिधि पर्यवेक्षकहरुलाई राखिएको छ । महाधिवेशनको बन्दसत्रमा छलफलमा भाग लिने कुल प्रतिनिधि पर्यवेक्षकहरु ५६० जना रहेका छन् । करिब १५० जनाको स्वयसेवक संख्या रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।