१३ बैशाख २०८१, बिहीबार

नेकपाको महाधिवेशन विचारको उचाईले धेरै नयाँ छ : प्रवक्ता प्रकाण्ड

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले        कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको बताएका छन् । सुक्रबार नियमित संचारकर्मीसँग महाधिवेशनकोवारे जानाकारी दिदै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको दाबी गरे । उनलेे संसदवादी र बुर्जुवाहरुले गर्ने पार्टीको महाधिवेशन र नेकपाले गरिरहेको नवौं महाधिवेशन धेरै अन्तर रहेको समेत बताए ।

उनले उत्पीडित वर्गको मुक्तिका लागि विचारधारात्मक हतियार तयार गर्न महाधिवेशन महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे ।

प्रवक्ता प्रकाण्डले पुरानो सत्ताको विस्थापन गरी नयाँ सत्ता स्थापनासँग महाधिवशन जोडिएको भन्दै महाधिवेशनले सत्यको खोजी गर्दै विचारधारात्मक रुपमा पार्टीलाई विकास गर्ने दाबी गरे ।

उनले बुर्जुवाहरुले पद र प्रतिष्ठाको लागि हान थाप गर्ने गरि महाधिवेशन गर्ने गरेको बताए  । उनले भने, ‘यो पार्टीले क्रान्ति कसरी सफल पार्ने ? वैज्ञानिक समाजवादमा कसरी पुग्ने ? भन्ने विचारमा बहस गरेर महाधिवेशन गर्छ ।’                प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले समाजवादी अर्थव्यवस्थाको अभ्यास गरिरहेको भन्दै नेकपाले आफ्नै पार्टी कार्यालय बनाई आफ्नै कम्युनले उत्पादन गरेको खाने कुरा खाएर महाधिवेशन सफल गर्नु गर्भको विषय भएको जिकिर गरे ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।