१२ बैशाख २०८१, बुधबार

नेकपाको जारी महाधिवेशनको बन्दसत्रमा थप ७ जना सुझाव र ४ जना पार्टी केन्द्रीय सदस्य धारणा प्रस्तुत

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको जारी महाधिवेशनको बन्दसत्रमा थप सात जनाले आ-आफ्नो धारणा राखेका छन् । तीन जना समूह नेता र ४ जना पार्टी केन्द्रीय समितिका सदस्यहरुले आ-आफ्नो धारणा राखेका हुन् ।

पार्टी केन्द्रीय समितिका सदस्यहरुबाट अनिल शर्मा विरही, भेजराज भूसाल, सुवास र सञ्जीवले धारणा राखेका छन् । उनीहरुले पार्टीले ल्याएको राजनैतिक प्रस्ताव, विधान र जातीय प्रस्ताव अहिलेको आवश्यकता भएको बताएका छन् ।

साम्राज्यवाद र दलाल पूँजीवादका विरुद्ध लडेर विजयी हुन र नेपालमा वैज्ञानिक समाजवाद ल्याउन सकिने विचार निमार्ण गर्न महाधिवेशन ऐतिहासिक हुने बताएका छन् । नेताहरुले पार्टीमा जनवादी केन्द्रीयताको विषयलाई सही तरिकाले लागु गर्न सकेमा मात्र पार्टी संगठनमा गति पैदा हुने पनि बताएका छन् ।

बन्दसत्रमा समूह नेताहरु पाँच नम्बरबाट रणदीप, ८ नम्बरबाट नारायण र १६ नम्बर समूहबाट विवेकले समूहगत धारणा राखेका छन् ।
समूहको धारणा राख्ने नेताहरुले पार्टीले दलालपूजीवादको अन्त्य गर्न वैचारिक हतियार तिर्खानु पर्ने बताएका छन् तर उनीहरुले उत्तर साम्राज्यवाद र भूमण्डलीकृत पूँजीवादका विषयमा पार्टीले स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।